प्रदेश 2

धनुषामा जन्मिएकोमा गर्व गर्छु

स्वीकृति पोख्रेल/ लालगढ धनुषा जील्लामा पर्छ, म जन्मिएको स्थान, एउटा नेपालको सुगम स्थान । ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लाको राज्य संरचना हुँदा धनुषा जनकपुर अञ्चल, मध्यमाञ्चल विकास क्षेत्रमा पर्दथ्यो तर हाल नेपालको पछिल्लो संबिधानले ७ वटा प्रादेशीक संरचना ल्याएपछि लालगढ प्रदेश नं २ मा पर्दछ, जिल्ला संरचना भने ७५ बाट ७७ वटामा परिवर्तन गरे पनि तात्विक असर गरेको छैन । अन्तराष्ट्रिय रुपमा पनि ख्याती कमाएको स्थान भनेर चिनिने रामजानकी मन्दीर भएको कारण धनुषा जिल्लाले साँस्कृतिक महत्व राख्दछ । धार्मिक पर्यटनको हिसावले त्याहाँ विभिन्न देश बिदेशका मानिसहरु मन्दीर दर्शन गर्न तथा मनोरञ्जनका लागि आउने गर्दछन् । धनुषा जिल्लालाई जानकी मन्दिरको नामले चिन्न सकिन्छ । प्रदेश नम्बर २ वा आन्तरिक तथा बााह्य पर्यटकका लागि जानकी मन्दीर महत्वपूर्ण मान्नै पर्दछ । यो धार्मिक स्थलले भरिपुर्ण छ ।

धनुषा जिल्लामा ब्राम्हण, क्षेत्री, मधेशी, थारु, नेवार लगायत सबै जातको बसोबास रहेको छ । प्रतिशतको हिसावले हेर्ने हो भने मदेशीहरुको बसोवास बढी छ । त्यहाँका मानिसहरु प्रायः कृषी पेशामा आधारित छन् । स्थानीयहरुको व्यापार व्यावशाय पनि पछिल्लो समय आयआर्जनको स्रोत हुन थालेको छ । कृषिमा त्यहाँ बढी मात्रामा धान, गहूँ, मकै, तोरी, आलस, जौ, फापर तथा तरकारीहरुको उत्पादन हुन्छ । मधेशी पहाडीया तथा अन्य धेरै जात जातीहरुको बसोबास भएपनि सबै एकअर्कालाई सम्मान गरी मिलेर बसेका छन् । नेपाली र हिन्दीको अलवा धनुषामा मैथली, थारु, भोजपुरी, नेवारी लगायत धेरै भाषाहरु बेलिन्छन् । त्यहाँ अनेकौं चाडपर्व रितिरिवाज र प्रचलन छन् अनेकौं मुहानबाट निस्केको पबित्र नदी जस्तै अनोकौ परम्परा र मान्यता छ । त्यहाँका मानीसहरु बढी मात्रामा बिदेशीएका छन् । त्यहाँ ठुलो जङ्खल छ र बन्यजन्तुहरु बसोबास गर्दछन् ।

धनुषामा कृषिका लागि सिँचाईको प्रबन्ध छ भने बिद्यालय, अस्पताल आदीको राम्रो व्यबस्था छ । त्यसै कारण त्यहाँका मानिसहरु शिक्षित छन् । खोला नाला, हरियो वन, जङ्गल, चरा चुरुङ्गी आदी प्रशस्त रहेका छन् र त्यहाँ वनभोज गर्ने स्थल पनि रहेको छ विभिन्न मानिसहरु वन भोज कार्यक्रमको लागि बनभोजस्थल आउने जाने गर्दछन् । लालगढमा एउटा ठूलो कुष्ट रोग हस्पिटल छ । त्यहाँ भारत देखी बिरामीहरु उपचारका लागि आउने गर्दछन् र लालगढ कै अर्को अस्पताल लालगढ मोडल अस्पताल पनि छ जुन अस्पताल हाड तथा नशा सम्वन्धित रहेको छ । त्यहाँ सबै प्रकारका सुबिधा भएका कारण धेरै संख्यामा मानिसहरु को बसोबास रहेको छ । यो घना बस्ती भएको उर्बर जिल्ला हो ।

धनुषा जिल्लाको धार्मीक सँकृतीक भौगोलीक आर्थीक तथा सामाजकि व्यवस्था मानव सभ्यताको हरेक युग कालवाट प्रभावीत भई परिष्कृत हुदै आएको पाईन्छ । धनुषा जील्लाको प्रसीद्ध मन्दिर जानकी मन्दिरमा राम, सीता, लक्ष्मण, जनक, हनुमान, आदी देवी देवताको पुजा आजा गरिन्छ । धनुषा जिल्ला नेपालको पौराणीककाल देखीनै ऐतिहाशिक र धार्मिक पृष्टभुमी बोेकेको ठाउँ भएकाले यस जगत जननी माता जानकी माताको पावन भुिम जानकी मन्दिर, जनकपुर धाम धनूषाको सदरमुकाम रहेको छ ।

धनुषामा धेरैजसो मानिसहरु मध्यम बर्गाीय परिवारका छन् । माध्यमीक स्तरको पढाई सकेर आर्थिक उपार्जनका लागि बिदेशीने तथा अध्ययनका लागि काठमाडौं लगायतका स्थानमा उच्च शिक्षाका लागि जाने प्रचलन नै भईसकेको छ । कृषिमा आधारित परिवारहरु प्रायः परम्परागत कृषिमा आधारित भएका कारण राम्रो उत्पादन हुन नसक्दा परिवारलाई राम्रो शिक्षा दीक्षा दिन तथा जिवन निर्बाह हुन असहज भएका कारण बिदेशीनुपर्ने उनीहरुको बाध्यता पनि छ ।

राजनीति बिना कुनै पनि समाज परिवर्तन हुन नसक्ने हुँदा धनुषामा पनि राष्ट्रिय अन्तर्राष्टिरय राजनीतिको प्रभाव छ । नेपाली काँग्रेस, नेकपा, जनता समाजबादी दल लगायतका राजनीतिक दलहरुको प्रभाव छ । राजनीतिक रुपमा ४ वटा चुनावी क्षेत्र भएको धनुषाको राजनीतिक ब्यक्ती रामबरण यादब नेपालको पहिलो राष्ट्रपति बनेका थिए । धनुषाले देशको केन्द्रीय राजनीतिमा बलियो प्रभाव जमाएको छ । आर्थिक रुपमा पनि पुर्बपश्चिम राजमार्ग रहेकोले नेपालको पूर्बी भेगबाट उपत्यका आउने बसहरु त्यहँी जिल्लाको बाटो हुँदै आउने गर्दछन् ।

धर्मिक जिल्लाको रुपमा परिचय बनाएको धनुषा नेपालका ७७ वटा जिल्लामै महत्वपूर्ण जिल्ला हो । जनसंख्याका हिसावले एउटा जिल्लामा हुनुपर्ने बलियो जिल्लामा नै पर्छ । धनुषा जिल्लामा जन्मिएका मानिसले उक्त जिल्लामा जन्मिएमा गर्ब गर्ने गर्दछन् । म पनि त्यही जिल्लामा जन्मिएकोले गर्व गर्ने गर्दछु । लालगढ त धनुषाको मिथिला नगरपालीकाको एक स्थानमात्र हो, जहा म जन्मे, जहाा म हुर्कें र एसईई सम्म अध्ययन गर्ने मौका समेत पाएँ ।