पु.समाचार

६ वर्षिया बालिकालाई लाग्यो कोरोनाः उपचारमा संलग्न डाक्टर लगायत ३८ जना क्वारेन्टाईनमा

१ जेठ काठमाडौं । अस्पतालमा उपचाररत ६ वर्षकी बालिकामा कोरोना संक्रमण देखीएपछि त्रिवि शिक्षण अस्पतालका ३८ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

बालिकाको उपचाररमा संलग्न चिकितसक नर्स लगायत ३८ जना क्वोरन्टाईनमा बस्ने भएका छन् । यस्तै ३८ जना सबैको थ्रोट स्वाब संकनलको तयारी भइरहेको अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले जानकारी दिएका छन् ।

अस्पतालको न्युरो वार्डमा उपचाररत बालिकाको कोरोना रिर्पाेट पोजेटिभ देखिएपछि अस्पतालमा केहिबेर तनाव उत्नपन्न भएको थियो । उक्त संक्रमीत बालिकालाई उपचारका लागि कपिलवस्तुबाट शिक्षण अस्पताल ल्याईएको थियो ।

न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।