शिक्षा

एनसेलले त्रिभुवन विश्वविद्यालय सँग सहकार्य गर्दै ल्यायो मोबाइल क्लास डेटा प्याक

१ जेठ बैशाख । विश्वव्यापी रुपमामहामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस रोग (कोभिड १९) ले निम्त्याएको यस स्वास्थ्य संकटको अवस्थामा आफ्नो क्याम्पस र कक्षा कोठाबाट टाढा भएकाविद्यार्थीहरुले अब अनलाइन सिकाईको माध्यमबाट फाइदालिन सक्छन् । उच्च शिक्षाको लागिदेशको सबैभन्दा पुरानो शैक्षिक संस्थान त्रिभुवन विश्वविद्यालय सँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थिहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ ।

लकडाउन अर्थात बन्दाबन्दीले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखीएनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याकआज (बुधबार, वैशाख ३१) बाट संञ्चालनमा ल्याएको छ । विद्यार्थीले रु१५० (कर सहित रु १९१.५४) मा यो प्याक सुचारु गर्न सक्छन् । प्याक अन्तर्गतको डेटाभोलुमको समयसिमा७दिनको रहनेछ ।

मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले ४ जिबीअल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जिबी भिडियो डेटाको फाइदालिन सक्नेछन् । विद्यार्थीले यो ४ जिबीको अल टाइम डेटा प्याककुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जिबी भिडियो प्याकअन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन् । यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जिबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइनशिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमाबसी अभ्ययन गर्न सक्छन् ।

विद्यार्थीहरुले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २० ह्यास डायल गरी वाअंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याकलिन सकिन्छ । नेपालको राष्ट्रिय विश्वद्यिालयसँगको सहकार्यमा विद्यार्थीहरुको अनलाइन अध्ययनका निमित्त यो विशेष डेटा प्याकमार्फत सहयोग गर्न पाएकोमा कम्पनी कैनै हर्षित रहेको एनसेलले जनाएको छ ।

अनलाइन सिकाईका लागिविषेश रुपमातयार पारिएको यो डेटा प्याकले विद्यार्थीहरुलाई आफ्ना शिक्षकहरु र कक्षाका साथीभाईसँग सम्पर्कमा रहदै उनीहरुको अनलाइनमार्फत हुने अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ । यस सार्वजनिक स्वास्थ्य संकटको अवस्थामा, एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले ग्राहकमाझ संचाार सेवाको पहुँच सुनिश्चित राख्नविभिन्न सेवा तथा अफरहरु ल्याएको छ ।

रिचार्जमा १२० प्रतिशतबोनस, पे एज यु गो इन्टरनेट सेवामा २५ प्रतिशत छुट, १५ जिबी स्टे होम डेटा प्याक, निःशुल्क ब्यालेन्स टा«न्सफर सेवा, सापटी रकमाथप, एसएमएस र डेटा प्रयोग गरी पछि शुल्कतिर्ने मिल्ने, विश्वकाविभिन्न १५ देशको कलशुल्कमा छुट, डिजीटल सेवाहरुमा निःशुल्कपहुँच जस्ता अन्यथुप्रै सेवाहरु एनसेलले ग्राहकका लागि ल्याएको छ । कोरोनाको महामारीमा ग्राहकका लागि एनसेलले ल्याएको सेवातथा योजनाहरुको थप जानकारी https://www.ncell.axiata.com/staysafe लिङ्कमा उपलब्ध छ ।