स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले सच्यायो त्रुटिः कोरोना संक्रमीत जम्मा २ सय ४५ मात्र

१ जेठ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान सार्वजनिक गरेको कोरोना संक्रमीतको संख्या सच्याको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार श्रेष्ठले आज बिहान विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना संक्रमीतको संख्या २ सय ५० पुगेको भनि सार्वजनिक गरेका थिए  । 

संक्रमीतको संख्या २ सय ४५ नै रहेको भन्दै २ सय ५० भन्ने तथ्यांक लगत भएकाले सच्याइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अर्काे विज्ञप्ति जारी गर्दै सह-प्रवक्ता श्रेष्ठले प्राविधिक त्रुटि भएको भन्दै तथ्यांक सच्चयाएका हुन् ।

आज बिहान पहिले २ जनामा संक्रमण देखिएको भनेको केहि समयमा फेरी ५ जनामा संक्रमण भेटिएको भनेको विज्ञप्तिमा उल्लेख थियो उक्त ५ जनाको तथ्यांक पहिलेको नै भएको प्रष्ट पारेको छ ।

मन्त्रालयले मंगलबार राति धनुषाका २ जना, महोत्तरीका २ जना र १ जना सर्लाहीका संक्रमित भएको जनाएको थियो ।