विचार/ब्लग

बैंक नाफामा छन् राहत दिनु हुन्न, नोक्सानमा भएका अन्यलाई दिनुपर्छ

रमेश कुमार भट्टराई/ चित्त नबुझे राष्ट्र बैंक गएर गर्भनरलाई मौखिक वा लिखित माग राख्न सकिन्छ । हामी पनि अप्ठ्यारो र विशम अवस्थामा छौं भन्न सकिन्छ तर, मन्त्री र दर्जनौ सभासदकै अगाडी चुनौती दिँदै नेपाल बैकर्स एसोशियसनका अध्यक्षले नियमनकारी निकाय राष्ट्र बैंकका गर्भनरको धज्जी उडाउनु कति उचित होला ।

अर्थ समितिको बैठकमा पुगेका संघका अध्यक्ष भुवन दाहालले गर्भनर महाप्रसाद अधिकारीलाई संसारमै नभएको गर्भनरको संज्ञा दिएका छन् । दाहालले भनेका छन् । हामीले धेरै बैकिङ्ग बुझेका गर्भनर पायो भनेर खुशी भएका बेला हामीलाई नै विभिन्न छुटका नाममा दुख दिने काम भयो यो ठिक भएन ।

हामीलाई थाहा पनि छ, बाबुको कुरा छोराले घर भित्रै गर्ने हो । सार्वजनिक ठाउँमा राख्ने होइन तर, नेपाल बैंकर्स एसोशियसनका अध्यक्ष भुवन दाहालले खुलेआम गर्भनरको धज्जी उडाउनु बैंकिङ्ग प्रणाली भित्रको अधिनायकवाद हो भन्न अब चाहि पछि पर्नु हुँदैन ।
सबैलाई अहिले अप्ठ्यारो र गाह्रो छ । यो बेला सबैले राहत माग्नु स्वभाविक नै हो तर, जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिटमा हजार होइन लाख होइन लाखौ लाख मासिक तलब बुझ्ने अनि तिनै जनतालाई केही राहत देउ भन्दा गर्भनर संसारमै नभएको मान्छे हो । उसले भनेको हामी मान्दैनौ भन्नु कति उचित होला ?

व्यवसायी नरहे बैंक रहदैन यो चाहि ध्रुब सत्य हो । भुवनजी ! डिपोजिटकर्ता र कर्जाका ग्राहक नरहे बैंक रहदैन र चाहिदैन पनि यो पनि सत्य हो भुवनजी १ तपाई सीइओहरुको छाता संस्थाको अध्यक्ष हो बोल्दा विचार पु¥याउनु होस् तपाई कै भनाई सापटी लिने हो भने ३ करोडकै हाराहारीमा बैंक खाता छ भन्नु भएको छ । यी सबै २७ वाणिज्य बैंक विकास बैंक र वित्तिय कम्पनीमा यी सबै ग्राहक नै होलान् । विदेशी त पक्कै होइन होला । त्यसकारण आपत पर्दा भाग्ने मौका पर्दा नजिक आउने काम बैंकले गर्नु हुँदैन ।

तपाई बैंकर माथि बर्दि विनाको टाई लगाएका गुण्डाको आरोप लगानीकर्ता डिपोजिटकर्ता र कर्जाका ग्राहकको छ । समयमै यो आरोप चिर्ने काम गर्नु होस् । भोलि पछुताउनु पर्ला गर्भनर महाप्रसाद अधिकारीलाई सत्तीश्राप गर्दा खेरि बैंकरहरुको भलो हुँदैन । छलफल र बहसबाटै भलो होला । अर्थ समितिमा भुवन दाहालले भनेको एउटा शब्द हेरौ । राष्ट्र बैंकले २ प्रतिशत राहत दिनुपर्छ भन्नु गलत छ । हामीले कमाउनु पर्छ, अरुले कमाउनु हुँदैन भन्ने पक्षमा हामी छैनौ । हामीभन्दा बढि कमाउनेलाई राहत नै हामीले दिने होइन । नोक्सानमा भएकालाई राहत दिने हो । संसारको कुनै पनि केन्द्रिय बैंकले यसरी ब्याज घटाउनु भनेर निर्देशन दिएको हामीले पढ्न र हेर्न पनि पाएका छैनौ । यो स्पेशिन फ्लुपछि आएको हो कि भनौं भने अन्य मुलुकमा पनि यस्तो अवस्था रहेको छैन ।

बैंकहरु धेरै नाफा कमाउने भन्दा पनि आफूपनि बाँचौ अरुलाई पनि बचाऔं भन्ने मान्यतामा रहेको जानकारी गराउदै उनीले थपे तर गर्भनर सावले हामीसंग छलफल नै नगरि एक्कासी यस्तो निर्देशन दिनु गलत छ हामी छुट दिदैनै । अर्थसमितिमा अध्यक्ष दाहालले भने । यो यस्तो निर्देशन विश्वमा कुनै पनि केन्द्रीय बैंकले गर्दैनन् । तर, हाम्रा गर्भनरले ल्याए यो उचित छैन । यसले बैंकलाई मार्ने काम हुन्छ । व्यापारी मोटाउने काम हुन्छ ।

यी र यस्ता अभिव्यक्तिले राष्ट्र बैंक र बैंकरबीच दुरी बढाउने काम हुन्छ । त्यसकारण सोच विचार गरेर बोल्नु उचित होला अध्यक्षज्यू । अर्को प्रसङ्गमा नेपाल बैंकर्स एसोशियसनका अध्यक्ष भुवन दाहालले नेपाल बैंकर्स एसोशियसनकै पूर्व अध्यक्ष अनिल केसरी शाहलाई देखाउँदै भने हाम्रो खर्च बढि छ । कर्मचारीको तलब सार्वजनिक हुन्छ । नबिल बैंकमा एउटा जुनियर अफिसरको तलब ६० हजार देखि १ लाख छ । अरुको त कम छ ।

अध्यक्ष दाहालले नेपाल बैंकर्स एसोशियसन भित्र पनि मतभेद भएको संकेत यी माथीका अभिव्यक्तिले गरेको प्रस्टै देखिन्छ । त्यसकारण आफ्नो बैंकको कुरा गरौं । सानिमा बैंकको तलब कति छ । कर्जा कति प्रतिशतमा दिएको छ ? बैंकको अवस्था कस्तो छ ? अरुको आङ्गमा जुम्रा देख्ने आफ्नो टाउकोमा नदेख्ने परम्परा अध्यक्ष जस्ते मान्छेले बुझ्नु जरुरी होला । नत्र मंहगो पर्ने प्रस्टै छ ।
सीइओको पद बैंकमा बसुन्जेल होला । नेपाल बैंकर्स एसोशियसनमा धेरै अध्यक्ष आए गए । आफ्नो मान मर्यादा आफै राख्ने र सबैलाई समेटेर लैजाने परम्पराको थालनी हुनु जरुरी छ । भोली यही समाज चाहिन्छ । यी यही देश र जनता चाहिन्छ । त्यसकारण जनताको पैसा तिर्ने जनतालाई केही प्रतिशत दिँदा भुवन दाहालको घर खेत पक्कै जादैन होला कि कसो ?

(भट्टराई युनाईटेड ईन्स्योरेन्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुन् ।)