साहित्य

लकडाउनः कसैलाई खान नपाई बिजोग, कसैलाई स्पेशल

      – सनत कुमार थापा                                                              -कविता

कोरोना माहामारीले बिजोग छ गरिबले खान नपाई !
लक डाउन भएको छ स्पेसल कतिपय राष्ट्र सेबकलाई !!

सरकार आब्हान गर्छ सबैलाई ननिस्क घर बाट !
गजब रहेछ कसैलाई जम्मा भई रक्सी खाने छुट !!

ठुलाको आसिर्बाद पाएकाले पाउदो रहेछ जे गर्न नी छुट !
औषधि किनेर आएकालाई सोध खोजै नगरी मर्ने गरी कुट !!

अत्याबस्यक काममा समेत निस्कन नपाई कसैलाई भएकोछ बिजोग !
सरकारी सबारी साधन समेतको लकडाउनमा भएको देखिन्छ दुरूपयोग !!

के प्रयोजनमा कहाँ बाट कहाँ गुडे ति सरकारी सवारी साधन !
सि सि क्यामराको फुटेज हेरि सदुपयोग, दुरूपयोग सबैको माग बिबरण !!

कस्ले दिन्छ यिन्लाई यस्तो बेलामा रक्सी खान भेला हुने छुट !
फरक फरक ठाऊमा बस्ने मानिसहरूको रक्सी खान कसरी भयो जमघट !!

स्थानिय तहका वडा वडामा कोहि छन राहत बाढ्न ब्यस्त !
गजबै देखियो यहाँ कोहि बिदेसी रक्सी खाई भएका छन मस्त !!

विस्व स्वास्थ्य संगठनको सुझाव र स्वास्थ मन्त्रालयको निर्देसन !
कसैले पनि नगर्नु होला कोरोना माहामारीको समयमा मध्येपान !!

अहिले कोहि खान नपाई मरिन्छ कि भनि भएका छन निरास !
यस्तो समयमा ब्ल्याक लेबल खाएको फोटो पोष्ट गर्ने कस्तो साहास!!