विचार/ब्लग

११ कक्षामा बढ्ने नेहाको विश्वासः अवशर पाएँ भने नेपालको राष्ट्रपति पनि बन्न सक्छु

नेहा थापा/ नेपाली समाजमा महिलालाई भन्दा पुरुषलाई बढी प्रथामिकता दिने गरिन्छ । यो चलन पहिले बाट नै बढ्दै आइरहेको छ । नेपाली समाजमा महिलालाई सधैं हप्ने यहि परम्परा चल्दै आइरहेको छ ।

आफ्नै बुवा आमाले छोरा र छोरी बिच भिनन्ता गर्दै आएका कारण महिलाहरु थिचोमिचो अथवा हेपाईमा पर्दै आएका छन् । २० औं शताब्दीमा पुरुष प्रधान समाज भएका कारण पनि छोरालाई पढाउने छोरीलाई घरको काम गर्न लगाउने नराम्रो परम्पराले गर्दा पहिलाको महिलाहरु पढे लेखेको थिएनन्। यहि कारणले गर्दा महिलाहरु सधैं पछाडि परेका थिए । महिलाहरुमा बलात्कार, कुटपीट, शिक्षामा बिभेद जस्ता हिँसाहरुबाट महिलाहरु प्रताडित थिए, केही घटेका भएपनि पछिल्लो समयमा पनि महिला हिंसाका घटना हाम्रो समाजमा घटिरहेका छन् ।

नेपालको पछिल्लो पटक बनेको संबिधानमा महिलालाई धेरै अधिकारहरु दिएका छन् । महिलाले २००७ सालको प्रजातन्त्र प्राप्तीका लागि गरिएको आन्दोलनबाट नै अधिकारहरु माग्दै आएपनि दिईएको थिएन । पछिल्लो संबिधानले महिला, दलीत, जनजाती, पीछडीएको बर्ग सबैलाई आरक्षणहरु दिएको छ । महिलालाई पनि समाजले शिक्षा, स्वास्थ्य लगायतका सबै क्षेत्रमा प्रथामिकता दिए पछि मात्र उनीहरुले पनि समाजका अगुवा सरहकाम गर्न सक्छन् भन्ने प्रमाण देखिईसकेको छ ।

क्यानडाको कार्यकारी प्रमुखमा महिला छिन्, फिनल्याण्डको कार्यकारी प्रमुखमा महिला छिन्, त्यतिमात्र नभएर हामीले टाढा जानै पर्दैन, नेपालको सबै भन्दा ठूलो पद राष्ट्रपतिमा महिला हुनुहुन्छ, नेपालले राष्ट्रपतिमा महिला पाउनु सम्पूर्ण महिलाहरुले गर्व मान्नुपर्दछ भन्ने मेरो भनाई हो । एक समय प्रधानन्यायाधीश महिला, सभामुख महिला भएका कारण अझै खुशी महशुस हुन्थ्यो नेपाली चेली भएका नाताले मलाई पनि ! जब नेपालमा शिक्षामा महिलाहरुलाई अग्रसर बनाएर स्थान दिईयो तवमात्र महिलाहरुले देशको सर्बोच्च पदमा आशिन हुन सके । त्यसलाई नै मध्यनजरगर्दै एउटा महिलाले चाहायो भन्नि सबै कुरा गर्न सक्छन् भनेर उनीहरुलाई अवशर दिनुपर्दछ । नेपालमा पुरुषले गर्न नसकेको कुराहरु म्हिलाले गर्दै आइरहेका पनि छन् । अहिले नेपालको सँविधानमा महिलाहरु सम्बन्धी व्यवस्था गरिएको छ । हाल भएको हिंसामा प्रमुख स्थान घरेलु हिंसाले लिएका समाचारहरु आईरहन्छन् । महिला माथि धेरै हिंसाहरु हुँदै आइरहेका छन् । जस्तै महिला बेचबिखन, घरेलु हिसां, बलत्कार जस्ता हिंसाहरु म्हिला माथि भइरहेको छन् ।

महिला हिंसा भर्खरैमात्र प्रादुभाव भएको विकृति होइन यो पुस्तौ देखि नेपाली समाजमा हस्तान्तरित हुँदै आएको नकारात्मक जड् हो । नेपालको आधा मिलियन महिलाले बहुविवाहको अवस्थामा जीवन यापन गरिरहेको छन् । समग्र देश विकास लागि एउटा चेतनशील मानवको कति ठुलो भुमिका हुन्छ तर यहाँ संसार कै उच्च चेतन शील प्राणा मानिने मानिसहरु बीच नै हिसा शोषण अत्याचार अनि यातनाको खेल खेलाई जिउँदो लास तुल्याउने यस मानव समाजमा कहाँ खोज्न सक्छौं हामी मानव विकासका कुरा र समानताका कुरा अनि समग्र र समुन्नत राष्ट्र विकासका कुरा भन्ने प्रश्न पनि गर्नु सही नै हुन्छ भन्ने लाग्दछ ।

केही समय अगाडी सुदूरपश्चिमकी चेली निर्मला पन्तको बलात्कार र हत्या भएको समाचार भाईरल भएको थियो, १३ बर्षकी उनको न बलात्कारी पक्राउ पर्यो न हत्यारा, यस्ता कुराहरुले नारीहरुलाई अधिकार संबिधानले दिएपनि समाजले दिएन कि भन्ने प्रश्न चिन्ह समेत आएको छ । यस्ता बलात्कारका समाचारहरु दैनिक रुपमा आईरहन्छन्, यस्ता हिँसाका घटनाहरु दैनिकजसो आईरहन्छन्, ती घटनाहरु २० औं शताब्दीमा भन्दा बढेका भने होईनन्, ती घटनाहरु पहिले लुकाईन्थ्यो अहिले मिडियामा भएको सबैको पहुँचका कारण, अहिकति भएपनि महिलाहरु शिक्षित भएका कारण बाहिर आएका हुन् । हिँसा यो पछिल्लो सभ्य समाजमा गैरकानूनीमात्र नभएर असामाजिक कुरा हो, चाहे जुन प्रकारको हिँसा भएपनि । हिँसा महिलाका लागिमात्र चैं हुँदैन, पछिल्लो समय पुरुषमा हुने हिँसाका समाचारहरु पनि पढ्न र समाजमा घटेका घटनाहरु प्रत्यक्ष देख्न पनि पाईन्छ । हिँसा हटाउनको लागि सबैभन्दा ठूलो कुरा शिक्षा नै हो । शिक्षा उचित भएमा कसैले कसैलाई हेप्ने, होच्याउने परम्पराको अन्त्य हुन्छ। त्यसैले हिँसाको लागि पछाडी परेकोबर्गलाई, महिलालाई अवशर दिऔं, गुणस्तरीय शिक्षा दिऔं, अहिले पनि नेपालका दूरदराजमा देखिएका महिला र पुरुषमा देखिएका बिभेदहरु अन्तय गरौं, छोरा र छोरीलाई एउटै स्कुलमा पढाऔं ।

सरकारी स्कुलमा छोरीलाई पढाउने, छोरालाई राम्रो बोर्डिङ स्कुल पढाउने प्रचलन अहिलेपनि हटेको छैन, घटेको भने छ । यसलाई पुर्णतः हटाउनुपर्छ । महिलाले अवशर पाएभने पुरुषले भन्दा धेरै गुणा मुलुक वा जे मा पनि सफलता हाँशिल गर्न सक्दछन् भन्ने कुरा म एक ११ कक्षामा अध्ययनरत छात्रा भएपनि ठोकुवा गर्न सक्छु । महिलाहरु पुरुष भन्दा ईमान्दार हुन्छन् भन्ने पनि प्रमाणीतभई सकेकोकुरा हो । महिलामा धेरै क्षमता भएपनि परिवार र समाजले समान अधिकार दिएर अवशर दिनुपर्छ भन्ने कुरामा म दृढ छु । एकजना महिला राष्ट्रपति हुन सक्छिन् भने उनले जे मा पनि सफलता हाँशिल गर्न सक्छिन् भन्ने कुरा सर्बब्यापी सत्य कुराको रुपमा लिनुपर्छ ।

म दृढ बिश्वास गर्नु कि मैले अवशर पाएँ भने मुलुकको सबैभन्दा ठूलो पद राष्ट्रपति पनि बन्न सक्छु म, तर अवशर मिल्नुपर्यो, भन्ने मेरो मान्यता हो । र कुनैपनि महिलाले राजनीति गर्छ र लक्ष लिन्छ भने एकदिन आफ्नो लक्षपुरा गर्न सक्छ भन्ने कुरामा पनि बिश्वास गर्न सकिन्छ । एकजना बिद्वाने भनेको कहिलेकाँही सम्झन्छु असम्भव शब्द मुर्खहरुको शब्द कोषमा मात्र पाईन्छ । मलाई त्यस्तै लाग्छ ।

महिला वा जोकोहीले पनि समाजले हेप्यषे भनेर आफूलाई चैं कमजोरपनि नठान्नु राम्रो हो । कतिपयले चैं म महिला हुँ भनेर समाजको सानो मान्छे नै हुँ जस्तो गरी बसेका पनि हुन्छन् । त्यो आफैं कमजोर हुने र आफैं तल पर्ने मानशिकताको उपज हो । कसैलाई हिँसा नगरौं, कसैलाई नहेपौं, आफू नहेपीऔं पनि एउटा लक्ष लिएर अगाडी बढलौं ढिलो चाँडो सफलता हुन्छ हुन्छ । लक्षलाई ब्यवहारमा उतार्ने कोषिस भने गर्नैपर्छ।