स्वास्थ्य

किन गर्यो स्वास्थ्य मन्त्रालयले पत्रकारहरुलाई प्रवेश निशेध ?

३१ बैसाख, काठमाडौं । कोरोना संक्रमणको दैनिक अपडेट गरिरहेको नेपाल सरकार स्वास्थ्य मन्त्रालयले मन्त्रालयमा पत्रकारहरुलाई प्रवेश गर्न रोक लगाएको छ ।

गेटमा सुरक्षाकर्मीले माथी फोन गरेरमात्र प्रवेश गर्न पाईने भन्दै पत्रकारहरुलाई प्रबेश रोक लगाएको छ । पत्रकारहरुले काम के छ भनेपछिमात्र मन्त्रालयका प्रवक्ताको स्वीकृतिमा पत्रकारहरुलाई प्रवेश दिईनेगरी निर्देशन भएको बताईएको छ।

मन्त्रालयले कोरोना संक्रमणको त्रास बढेकाले पत्रकारहरुलाई प्रवेश निशेध गर्नुपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको भन्दै आलोचित भएको स्वास्थ्य मन्त्रालयले पत्रकारहरुलाई किन प्रवेश निशेध गर्यो त्यो जानकारी नभएपनि उक्त कार्य गलत भएको टिप्पणी सामाजिक सञ्जालमा आउन थालेको छ ।