राजनीति

मेरो व्यक्तिगत सुरक्षाकर्मी राज्यलाई आवस्यक परेको बेला जतिबेला लान सक्नुहुन्छः प्रवक्ता श्रेष्ठ

३१ बैशाख काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो व्यक्तिगत सुरक्षा कर्मी राज्यलाई आवस्यक परेको बेला जतिबेला पनि लान सक्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत प्रवक्ता श्रेष्ठले आफ्नो सुरक्षाका लागि राज्यले सुरक्षाकर्मी दिएपनि राष्ट्रको सुरक्षा महत्वपुर्ण हुने भन्दै राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध गरेका छन् ।

प्रवक्ता श्रेष्ठले पुर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुबिधा शुरुदेखि नै नलिएको भन्दै शसस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि जोड गरेर र्फकाएको बताए ।

तर गत चुनाव अघि राज्यको सुरक्षा सँयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको स्पष्टिकरण दिएका छन् । उनले यसबाट राज्यलाई परेको अप्ठेराप्रति क्षममा याचना मागेका छन् ।

 

उनको ट्वीटः मैले पुर्व गृहमन्त्रीले लिनेगरेको गाडी र तेल सुबिधा शुरुदेखि नै लिईन । शसस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर गत चुनाव अघि राज्यको सुरक्षा सँयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो । थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिन । मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन । राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमा याचना ।