पु.समाचार

भिम रावलका वडीगार्डलाई कोरोना भेटिएपछि नेकपाको स्थायी कमिटि बैठक स्थगीत

३१ बैशाख काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक अनिस्चीत कालकालागि स्थगीत भएको छ ।

(बुधबार) आज विहान बोलाईएको बैठक बस्दै नबसी स्थगीत गरिएको नेकपाको सचिवालयले जानकारी दिएको छ । सांसद बाहेक अरु नेताहरुको कोरोना परिक्षण नभएको र पुर्व गृहमन्त्री भिम रावलको सुरक्षा गार्डमा कोरोना संक्रमण देखिएको कारण देखाउँदै नेकपाको स्थायी कमिटिको बैठक स्थगीत गरिएको हो ।

बैठक (बुधबार) आज बिहान ११ बजे बोलाईएको थियो । अर्काे बैठक कहिले बस्ने भन्ने मिति तोकिएको छैन । मंगलबार साँझ भक्तपुरमा भेटिएको २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी भएको खुलाशा भएको छ । उनि श्रिमती बिरामि भएपछि एक महिनादेखी बिदामा बसेका थिए ।