पु.समाचार

नेपालमा पहिलो पटक स्टाफ नर्स र प्रहरीमा देखियो कोरोना

३१ बैशाख काठमाडौं । नेपामा पहिलो पटक स्टाफ नर्स र प्रहरीमा कोरोना संक्रमण देखिएको छ । मंगलबार भक्तपुरमा कोरोना संक्रमण देखिएका पुरुष प्रहरी र महिला स्टाफ नर्स भएको खुलेको छ । मंगलबार मात्रै भक्तपुरमा दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।

२७ वर्षका सशस्त प्रहरी भक्तपुरको चाँगुनाराण नगरपालीका १ सरस्वतिखेलस्थित सशस्त्र प्रहरीको नीलबराही गणमा कार्यरत रहेको खुल्न आएको छ । रामेछाप स्थायी घर भएका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएको बुझिएको छ । साथै उनको वारेमा विस्तृत भने खुलाईएको छैन ।

यस्तै संक्रमीत २५ महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा कार्यरत रहेको खुलेको छ । हाल मध्यपुर थिमि नगरपालिका ९ स्थित साथीको कोठामा बस्ने उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा हुन् । संकमीत युवति टेकु पुगेकी थिईन र परिक्षणमा उनको पिसिआर रिपार्ट पोजेटीभ आएको थियो भने पुरुषको स्वाब भने सशस्त्र प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो ।

जसको रिपोर्ट पनि पोजिटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारीका अनुसार ति संक्रमीत युवति दुईदिन अघिमात्रै झुम्काबाट भक्तपुर आएको बुझिएको छ । यसरी एक जिल्लाबाट अर्काे जिल्लामा आउजाउका कारण कोरोनाले नेपालमा झनै उग्ररुप लिने संकेत गरेको छ ।

तराईका जिल्लाहरुबाट काठमाडौंमा आउनेक्रम वढिरहँदा काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिम रेड जोनमा परेको छ ।यो संगै मंगलबार नै विगंजमा ४ जना पत्रकारमा पनि कोरोना संक्रमण देखिएको थियो ।