समाचार

नेकपाले डाक्यो स्थायी कमिटी बैठकः भारतसंगको सीमा विवाद लगाएतमा छलफल हुने

३१ बैशाख काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज स्थायी कमिटी बैठक डाकेको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार (बुधबार) आज पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक बोलाएको छ । यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता बैठक बसेको थियो ।

यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो । पार्टी कार्यालय सचिव रिजालका अनुसार दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न थालेको हो ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिएका छन् । पार्टीमा चर्किएको बिबाद समाधान नहुँदै भारतसंगको सीमा विवादको मुद्धा सतहमा आएपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आज बैडक आह्वान गरेका हुन् ।

आज सरकारको नीति तथा कार्यक्रम र बजेट तथा भारतसँगको पछिल्लो सीमा विवादसम्बन्धी दुई एजेन्डामा मात्र छलफल गर्ने मंगलबार सहमति भएपछि ओली र प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन् ।