अन्तर्राष्ट्रिय

वुहान सहरका १ करोड १० लाख मानिसको कोरोना परिक्षण गर्दै चीन सरकार

३१ बैशाख काठमाडौ । चीनको उहान सहरबाट फैलिएको प्राण घातक भाईरसको प्रकोप चिनमा अन्त्य भएको केह समयपछि फेरी सुरु हुन थालेको छ ।

चीनमा कोरोना निर्मुल भएको बताई रहँदा विभिन्न स्थानमा कोरोना संक्रमीत फेरी देखिन थालेका छन् । जसकारण चीन सरकारले महत्वपुर्ण कदम चालेको छ । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा सबै बासिन्दाको परीक्षण गरिने भएको छ । वुहान सहरले १ करोड १० लाख बासिन्दाको परीक्षण गर्ने योजनाको तयार पारेको हो ।

वुहानमा पछिल्लो समय कोभिड–१९ का संक्रमित देखिन थालेपछि परीक्षण विस्तार गर्न लागिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड १९ देखिएपछि वुहान ११ सातासम्म कडा लकडाउनको अवस्थामा थियो ।

अधिकारीहरूले भाइरस पूर्णरूपमा नियन्त्रणमा आएको भन्दै अप्रिल ८ मा लकडाउन खुला गरेका थिए । त्यसयता वुहानमा शिक्षण संस्था, व्यापार व्यवसाय तथा सार्वजनिक यातायात खुलेपछि जनजीवन सामान्य हुँदै आएको थियो ।

तर एउटै आवासीय क्षेत्रमा पुनः सामूहिक संक्रमण भेटिएपछि अवस्था सामान्य नहुने चिन्ता व्यक्त भएको छ । प्रारम्भिक चरणमा रहेको योजनाअन्तर्गत नै रहेको बुझिएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार वुहानभरि १० दिनभित्र परीक्षण गरिसक्ने बताइएको छ ।