अन्तर्राष्ट्रिय

कोरोनाः झण्डै १६ लाख निको,२ लाख ९२ हजार वढीको मृत्यु/संक्रमीत ४३ लाख ३७ हजार नाघ्यो

३१ बैशाख काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४३ लाख ३७ हजार ५ सय ६३ पुगेको छ । वल्र्ड मिटरले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १४ लाख ८ हजार ५ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै, रुसमा २ लाख ३२ हजार २ सय ४३, स्पेनमा २ लाख ६७ हजार ५ सय २०, बेलायतमा २ लाख २६ हजार ४ सय ६३, इटालीमा २ लाख २१ हजार २ सय १६, फ्रान्समा १ लाख ७८ हजार २ सय २५, ब्राजिलमा १ लाख ७७ हजार ६ सय २ मा संक्रमण पुष्टि भएको छ ।

विश्वभर २ लाख ९२ हजार ४ सय ५० को कोरोना संक्रमणपछि मृत्यु भएको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ८३ हजार ४ सय २४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, बेलायतमा ३२ हजार ६ सय ९२, इटालीमा ३० हजार ९ सय ११, फ्रान्समा २६ हजार ९ सय ९४, स्पेनमा २६ हजार ९ सय २०, ब्राजिलमा १२ हजार ४ सय २ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर १६ लाख ९७ हजार ८ सय ६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ २ लाख ९६ हजार ७ सय ४६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, स्पेनमा १ लाख ८० हजार ४ सय ७० , इटालीमा १ लाख ९ हजार ३९ जना संक्रमणमुक्त भइसकेका छन् ।

नेपालमा पनि २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार मात्रै ८३ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा संक्रमितमध्ये ३३ जना संक्रमणमुक्त भएका छन् ।