तस्विरहरु

नेविसंघले ७७ वटै जिल्लामा बुझायो भारतको बिरोधमा ज्ञापनपत्र (तस्विरहरु)

३० बैसाख, काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा भारतले मिचेको लिपुलेक, लिम्पीयधुरा र कालापानी फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सोमबारमात्र देश ब्यापी आन्दोलन चलाएको नेविसंघले लकडाउनको समेत पालना नगरी राष्ट्रियताको बिषयमा देश ब्यापी ज्ञापन पत्र बुझाएको हो । कोरोना भाईरस संक्रमणले बिश्व नै तहसनहस हुन लागेको बेला भारतले लिपुलेकबाट मानसरोवर जाने बाटोको उद्घाटन गरेपछि नेविसंघ सडक आन्दोलनमा छ । देशभर कस्तो रह्यो त नेविसंघको कार्यक्रम, हेही जिल्लाहरुको तस्विरः