पु.समाचार

लकडाउनमा महानगरका निर्देशक कार्कीसहित कर्मचारीहरु बिदेशी रक्सीमा भेटिए मस्त

३० बैसाख, काठमाडौं । काठमाडौं महानगरपालीकाका ८ औं तहका कर्मचारी ज्ञानेन्द्र कार्कीले आफ्नो घरमा कर्मचारी बोलाएर रक्सी पीएको फोटो फेसबुकमा सार्बजनिक गरेका छन् ।

मेयर शाक्यसँग निकट रहेका कार्कीले लकडाउनको सदुपयोग गर्दै रक्सी पीएको बताईएको छ । पशुपति शम्सेर राणा मन्त्री हुँदा ०४५ सालबाट सुब्बा सरहको तहबाट सेवा प्रवेश गरेका कार्कीले बिस्तारै बढुवा हुँदै गएको स्रोतको दाबी छ । ०४५ सालभन्दा अगाडी अस्थायी जागीरमा भर्ना भएका कार्की ०५६ सालमा साखा अधिकृत भएका थिए ।

पटक पटक भएको कार्कीको पार्टीमा नगरपालीकाका डिएसपी बिष्णु जोशी, कार्यालाय सहयोगी, लेखा अधिकृत, प्रशासनका कर्मचारीहरुलाई लिएर मार्च २०, मे २ र मे १० मा रक्सी पीउँदै गरेको तस्विर पोष्ट गरेका छन् । मार्च २० मा शुरुमा रक्सी पीँउदा लकडाउन शुरु नभएको तर त्यसपछिका पोष्ट गरिएका तस्विरहरुमा लकडाउनको सदुपयोग वा लकडाउन बिशेष भन्दै तस्विर पोष्ट भएका छन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, बिश्व स्वास्थ्य संगथन, नेपाल सरकारले लकडाउनमा रक्सी नपीउँन सर्बसाधारणलाई आग्रह गरिहेका बेला यसरी महानगरका जिम्मेवार कर्मचारी नै रक्सी पीउँदै खुला रुपमा सामाजिक सञ्जालमा फोष्ट गर्नाले समाजलाई कत्तिको असर पर्ला त्यो सम्बन्धीत निकायले नै बुझ्ला ।

काठमाडौं महानगरपालीकाका प्रवक्ता ईश्वरामान डंगोलले ज्ञानेन्द्र कार्की वा जोकोहीको पनि व्यक्तीगत जीवन हुने दाबी गर्दै नगरपालीकालाई आँच आउने कार्य गरेको भए छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले लकडाउनको समयमा त्यस्तो कार्य गरेको भए गलत भएको पनि खुलस्त गरेका छन् ।