पु.समाचार

लण्डनमा पाईन नेपाली कन्चनले शाही सम्मान साथ मानवता सेवा पुरस्कार

बिजय थापा/ डिसी । काठमाडौँ जावलाखेल भै हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कन्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ ।

उनलाई बेलायती शाही परिवारद्वारा उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मुल्यांकन गर्दै उनलाई उक्त सम्मान गरिएको हो । बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान पाइने उच्च पुरस्कार हो ।

उक्त पुरस्कार १९ वटा अन्य राष्ट्रहरुका व्यक्तिहरुलाई अमात्य सहित सम्मान गरिएको छ ।

जसमा बेलायत, क्यानाडा, मलेसिया, नाईजेरिया, तान्जेनिया र भारत समेत रहेका छन् ।

उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर पुरस्कार समारोहमा वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन् । उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन्। गत बर्ष २०१९ मा अमात्यले डायना अवार्ड रोल अफ अनर बाट सम्मानित भै सकेकी थिइन् ।

उक्त पुरस्कार कन्चन अमात्यकि आमा कृष्ण अमात्यले ग्रहण गरेका थिए ।

आमा कृष्ण अमात्यले एक आमाको रूपमा एउटा बच्चा (कन्चन) पाएकोमा अत्यन्त गर्व गर्छु भन्नु भएको छ । कन्चनले उक्त पुरस्कार अन्तरराष्ट्रिय आमा दिवसको अवसरमा म यो पुरस्कार विश्वभरिका सबै आमाहरूलाई र विशेष गरी मेरी आमालाई समर्पण गर्दछु जो मेरो जीवनको ज्योति हुन् ।

र जसले सबै कठिनाइहरूको बाबजुद पनि – मेरो उत्तम पालनपोषण सम्भव भएको जनाएकी छिन् ।