पु.समाचार

सरकारले विदेशमा मृत्यु भएकाको शव ल्याउनु पर्नेमा पैसा दिन्छु भन्दै अपमान गर्योः डा संग्रौला

२९ काठमाडौं बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा डिला संग्रौलाले नेपाल सरकारले विदेशमा मृत्यु भएका नेपालीको सव स्वदेश ल्याउनु पर्नेमा पैसा दिन्छु भन्दै जनताको भावनामा ठेस पुर्याएको बताएकी छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्डै डा संग्रौलाले अहिले कोरोना संकट भन्दा पहिले नै दुखद निधन भएका एकसय भन्दा बढी नेपालीहरुका शव विदेशमा अलपत्र छन रहेको भन्दै तिनालई नेपाल ल्याउनु पर्नेमा उल्टै नेपाल सरकारले शव विदशेमै अन्त्येष्टि गर्ने अनुमति दिन परिवारलाई पचास हजार राहत दिने भनेर जनताको भावना माथि ठेस पुगेको बताइन ।

नेतृ संग्रौलाले आफ्नो रोजगारी गुमाएका दशौँ हजार नेपालीहरु खाडी लगायतका मुलुकबाट स्वदेश फर्कन पर्खी रहेको भन्दै उनीहरुलाई विशेष विमान पठाएर सरकारले जति सक्दो चांडो उद्धार गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

डा संग्रौलाले नेपाल, भारत सीमामा आइपुगेका, गत केही दिन देखि भोकै, प्यासै रहेका नेपालीहरुलाई सैयौं नेपालीहरुलाई ससम्मान स्वदेश भित्राएर नेपाल प्रहरी, सेना र स्वयम्सेवक हरु परिचालन गरि होटेल, स्कुल, कलेजहरुमा क्वारेंटाइनमा राख्ने प्रवन्ध गर्न र स्वास्थ्य परिक्षण पछि मात्रै घर, परिवारमा जान दिन माग गरेकी छन् ।

बैठकमा उनले नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर आवासीय नेपाली संघका च्याप्टरहरु , अन्य सामाजिक संस्था हरु र मध्य पूर्वमा रहेको श्रमिक संजालसंग सहकार्य गर्न पनि आग्रह गरेकी छन् ।