सामाजिक सञ्जाल

सरकारको लापरबाहिका कारण लुकिछिपी भारतबाट नेपाल भित्रिंदा झनै जोखिम बढ्योः डा भट्टराई

३० बैशाख काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्नीका नेता डा बाबुराम भट्टराईले सरकारको बेवास्ताका कारण लुकिछिपी आउने क्रम बढिरहाँदा नेपालमा झनै कोरोनाको जोखिम बढेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले विभिनन नाकामा अलपत्र परेका नेपालीलाई उचित सावधानी तथा प्रबन्ध गरेर नभित्र्याउँदा लुकिछिपी आउने क्रम बढिरहहेको भन्दै त्यो झन् जोखिमपूर्ण हुँदै गएको उल्लेख गरेका छन् ।

डा. भट्टराईले सिमामा अलपत्र नेपालीलाई सुरक्षित तरिकाले घर प्रवेश गराई व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले देशको अर्थतन्त्र रेमिटेन्समा भरपर्छ, विदेशमा (भारत सहित) रहेका नेपालीको नोट चाहिने तर जिउज्यानको बारेमा चिन्ता नगर्ने भन्दै प्रश्न गरेका छन् ।

 

उनको ट्वीटः देशको अर्थतन्त्र रेमिटेन्समा भरपर्छ, विदेशमा (भारत सहित) रहेका नेपालीको नोट चाहिने तर जिउज्यानको बारेमा चिन्ता नगर्नेरु उचित सावधानी तथा प्रबन्ध गरेर नेपालीलाई नभित्र्याउँदा लुकिछिपी आउने क्रम बढिरहन्छ जुन झन् जोखिमपूर्ण हुन्छ । नेपालीलाई सुरक्षित तरिकाले घर फर्कन देऊ !