राजनीति

धनराजको ओलिलाई प्रश्नः नेपाली भुमि माथी भारतीय हवाई गस्ती के हो ?

३० बैशाख काठमाडौं । प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धाराज गुरुङले नेपाली भुमीमाथी भारतीय सेनाले हवाई गस्ती गरेको भन्ने समाचार आईरहेको छ त्यो के हो ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा प्रश्न गरेका छन् ।

भारतीय सेनाको हवाई गस्ती नेपाली भुमिमा हुनु खेद जनक रहेको भन्दै नेता गुरुङले यस सम्बन्धि कडा आपत्ति जनाउन सरकारलाई आग्रह गरेका छन् ।

नेता गुरुङले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धि ऐतिहासिक दस्ताबेजको आधारमा छलफलका लागि भातिय प्रधानमन्त्री मोदीलाई तत्काल फोन गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले ऐतिहासिक दस्ताबेजबाट मात्रै नेपालको भुमी जोगाउन सकिने बिचार व्यक्र गरेका छन् ।

 

उनको ट्वीटः @PM_Nepal ज्यु ! कालापानी,लिपुलेक र लिम्पियाधुरा सम्बन्धि ऐतिहासिक दस्ताबेजको आधारमा छलफल गर्न @PMOIndia लाई फोन गर्नुहोस् । ऐतिहासिक दस्ताबेजबाट मात्रै नेपालको भुमी जोगाउन सकिन्छ । नेपाली भुमीमाथी भारतीय सेनाले हवाई गस्ती गरेको भन्ने समाचार के होरु यस सम्बन्धि कडा आपत्ति जनाउनुहोस् ।