अन्तर्राष्ट्रिय

कोरोनाले ग्रसित यी ५ देशः अमेरिका, बेलायत, ईटली, स्पेन र फ्रान्स !

३० बैशाख काठमाडौं । चीनको उहान सहरबाट फैलिएको प्राण घातक कोरोना माहामारीले यतिबेला विश्वलाई आक्रान्त पारेको छ । विश्वभर ४२ लाख लाई संक्रमीत पारेको कोरोनाले । २ लाख ८७ हजार भन्दा धेरैको ज्यान लिईसकेको छ । विश्व यतिबेला ठप्प छ, कोरोना संक्रमण फैलन नदिन जारी लकडाउनले विश्वको अर्थतन्त्र नराम्रो संग गिरेको छ ।

लाखौंको संख्यामा मान्छेहरु बेरोजगारी बनेका छन् । बालबालिकाको शैक्षिक क्षेत्र लथालिंग छ । विभिन्न तहका परिक्षाहरु अनिस्चीत बनेका छन् । यस्तै अँझ धेरै कोरोनाको चपेटामा पाँच देशहरु रहेको छन् । अमेरिका, बेलायत, स्पेन, ईटली र फ्रान्स । यी पाँच देशमा कोरोनाको महामारी डढेलो झैं फैलिएको छ । मृत्यु हुने रसंक्रमीतको संख्या यी पाँच देशमा अधिक छ । अमेरिकामा आज सम्म ज्यान गुमाउनेको संख्या ८१ हजार ७ सय ९५ को मृत्यु भएको छ ।

भने १३ लाख ८५ हजार ८ सय ३४ संक्रमीत छन् । यस्तै १६ हजार ४ सय ८४ को अवस्था गम्भिर भएकाले अँफै मृत्युको संख्या बढ्ने देखिन्छ । अमेरिकारमा २ लाख ६२ २ सय २५ निको भएका छन् । यस्तै कोरोनाको चपेटामा अमेरिका पछि दोस्रोमा बेलायत छ । त्यहाँ कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२ हजार ६५ को मृत्यु भएको छ । भने २ लाख २३ हजार ६० संक्रमीत छन् । यस्तै बेलायतमा १ हजार ६ सय ५९ को अबस्था गम्भिर रहेको छ ।

तेस्रो प्रभावित देश हो ईटली त्यहाँ ३० हजार ७ सय ३९ को मृतयु भएको छ । भने २ लाख १९ हजार ८ सय १४ संक्रमीत छन् । त्यस्तै १ लाख ६ हजार ५ सय ८७ उपचारपछि निको हुँदा ९ सय ९९ को अवस्था गम्भिर छ । चौथोमा स्पेन रहेको छ त्यहाँ २६ हजार ७ सय ४४ को मृयु भएको छ भने २ लाख ६८ हजार १ सय ४३ संक्रमीत छन् । यस्तै १ लाख ७७ हजार ८ सय ४६ निको भएका छन् । १ हजार ६ सय ५० को अवस्था गम्भिर छ ।

अत्यमा पाँचौ स्थानमा छ फ्रान्स त्यहाँ २६ हजार ६ सय ४३ ले ज्यान गुमाएका छन् भने १ लाख ७७ हजार ४ सय २३ संक्रमीत छन् । यस्तै ५६ हजार ७ सय २४ निको हुन्दा २ हजार ७ सय १२ को अवस्गा चिन्ता जनक रहेको छ । यसरी यी ५ देशहरुमा कोरोनाको प्रकोप अन्य मुलुकको तुलनामा धेरै नै छ ।