अन्तर्राष्ट्रिय

कोरोना कहरः २ लाख ८७ हजारवढीको मृत्यु, १५ लाख २७ हजार निको/४२ लाख ५३ हजार धेरै संक्रमीत

३० बैशाख काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४२ लाख ५३१ हजार ८ सय २ पुगेको छ । वल्र्ड मिटरले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १३ लाख ८५ हजार ८ सय ३४ जना संक्रमित भएका छन् ।

त्यस्तै, स्पेनमा २ लाख ६८ हजार १ सय ४३ , बेलायतमा २ लाख २३ हजार ६०, रुसमा २ लाख २१ हजार ३ सय ४४, इटालीमा २ लाख १९ हजार ८ सय १४, फ्रान्समा १ लाख ७७ हजार ४ सय २३, जर्मनीमा १ लाख ७२ हजार ५ सय ७६ जना संक्रमित भएका छन् ।

विश्वभर २ लाख ८७ हजार २ सय ५० को संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ८१ हजार ७ सय ९५ को मृत्यु भइसकेको छ । त्यस्तै, बेलायतमा ३२ हजार ६५, इटाली ३० हजार ७ सय ३९, स्पेनमा २६ हजार ७ सय ४४, ब्राजिलमा ११ हजार ६ सय २५, बेल्जियममा ८ हजार ७ सय ७ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर १५ लाख २७ हजार २ जना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ २ लाख ६२ हजार २ सय २५, जर्मनीमा १ लाख ४५ हजार ६ सय १५, स्पेनमा १ लाख ७७ हजार ८ सय ४६, इटालीमा १ लाख ६ हजार ५ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३३ जना संक्रमणमुक्त भइसकेका छन् ।