समाचार

नेपाली भूमि अतिक्रमण गरेको विरोधमा मोदी र सीको नेबिसंघले जलायो पुत्ला

२९ बैसाख, चितवन । नेपाल विद्यार्थी संघ चितवनद्वारा चिनका राष्ट्रपति सी जिनफीङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

कालापानी, लिपुलेक र लिम्पीयाधुरा सडक सके देखी डोजर लगाएर भत्काईदिए हुन्छ यदि त्यस्तो गर्न नसक्ने हो भने भारत र चिन दुवै तर्फ बोर्डर चेक पोप्ट (नेपाली सेनाको) र भन्सार बिभागको कार्यालय खोल्नु पर्छ नेपालको प्रचलित कानुन अनुसार कर तिरेपछि मात्र ईन आउटको ब्यवस्था गर सरकार जस्त नारा लगाउँदै पुत्ला दहन गरेका हुन् ।

जस्ले नेपालको कानुन उल्लंघन गर्छ कानुन अनुसार जस्तो सुकै कारबाही गर्न तयार हुनु पर्ने भन्दै राष्ट्रियताका सबालमा सम्पुर्ण नेपाली साथमा छन डराउनु पर्दैन सरकार ने वि संघ चितवनका अध्यक्ष सूर्य ढकालले बताए ।

भारतिय बिस्तारबादको नाङ्गो हस्तक्षेप स्वरुप लिपुलेकमा मानसरोवर जोड्ने सडक निर्माण गरि नेपालको ३८५ बर्ग किलोमिटर जग्गा अतिक्रमण गरि नेपाली स्वभिमान माथी चिन र भारतले गरेको प्रहारका विरुद्धमा हाम्रो बिरोध प्रदर्शन हो विध्यार्थी नेता श्रीकृण्ण लामिछानेले बताए ।

लिपुलेक कालापानी लिम्पियाधुरा हाम्मै हो, भारतिय विस्तारवाद मुर्दावाद, गो ब्याक ईण्डीय, लम्पसार रकार मुर्दावाद जस्ता नारा लगाईएको थियो ।

कार्यक्रम नेविसंघ चितवनका सचित गणेश रिजालले संचालन गरेका थिए । कार्यक्रममा नेविसंघ चितवनका उपाध्यक्षहरु, सह–सचिव लगायत सदस्यहरु सहित दर्जनौ सहभागी थिए ।