पु.समाचार

ब्याक आफ ईण्डीया भन्दै आन्दोलनमा उत्रिएका नेविसंघ अध्यक्ष ढुंगानासहित सयौं पक्राउ

२९ बैसाख, काठमाडौं । लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरी उद्घाटन गरेको बिरोधमा काठमाडौंको माईतीघरमा प्रदर्शनमा उत्रेका नेविसंघका अधयक्ष राजीव ढुंगानासहित सयौं नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महामन्त्रीहरु बलदेव तिमिल्सिना, युवराज पाण्डे, उर्मिला थपलिया, दिपक भट्टराई, प्रभात दाहाल, एलिजा ढकाल नेविसंघ नेता उत्तम साउँद, खगेन्द्र कर्ण, एलिजा ढकाल, लोकेन्द्र भण्डारी, गणेश टण्डन लगायत रहेको नेविसंघले जनाएको छ ।

शुक्रबार भारतले नेपालको भू–भाग लिपुलेकबाट चीनको मानसरोबर जाने बाटो उद्घाटन गरेदेखी नै नेविसंघ सडकमा छ । दैनिक रुपमा नेविसंघका बिद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरिरहेको देखिन्छ । नेपालका मिचिएका भूमि फिर्ता गर्न मागसहित नेपाली काँग्रेसको विद्यार्थी भातृसंस्था नेबिसंघले आन्दोलनलाई तीब्रता दिएको छ ।

आईतबार कुटनीतिक वार्ता गरी नेपालको भूमि फिर्ता गर्न माग गर्दै परराष्ट्र मनत्ती प्रदीप ज्ञवालीलाई नेविसँघले ज्ञापनपत्र बुझाएको थियो ।