पु.समाचार

हालसम्म समस्या समाधानका विषयमा ठोस पहल नहुनु चिन्ताको विषयः अध्यक्ष केसी

२९ बसाख, काठमाडौं । प्रजातान्त्रिक विचार समाजले कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपालको भूमि अतिक्रमण गरी लिपुलेकसम्म भारतले निर्माण गरेको सडकको हालै उद्घाटन भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

लिपुलेक नेपाली भूमि रहेको ऐतिहासिक तथ्य र प्रमाण रहेको समाजले उल्लेख गरेको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले विज्ञप्तिमार्फत नेपालको भूमिक्षेत्र के कति मिचिएको हो र ती भूमि फिर्ताका विषयमा जानकारी दिन आज सरकारसँग आग्रह गरेका छन् ।

विज्ञप्तिमा दुई देशबीचको सीमा विवाद समाधान गर्ने उद्देश्यले दुईपक्षीय संयन्त्र बनाइएको भए पनि हालसम्म समस्या समाधानका विषयमा ठोस पहल नहुनु चिन्ताको विषय भएको समाजले जनाएको छ ।