पु.समाचार

सप्तरीमा थप एक जनामा कोरोना सङ्क्रमण, १२१ पुगे सङ्क्रमित

२९ बैसाख, काठमाडौं । सप्तरी जिल्लामा एक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा ती युवकमा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या १२१ पुगेका छन् ।

यसअघि आज नै कपिलवस्तुका यशोधरा नगरपालिका र बुद्धभूमि नगरपालिकामा १० जनामा सङ्क्रमण देखिएको थियो ।