विचार/ब्लग

अनुहारमा खुसी

पुर्णिका शाह /एकदिन टेलिभिजन कार्यक्रममा कार्यक्रम प्रस्तोताले एक जना ब्यक्तिसँग अन्तर्बार्ता लिदै थिए १ कार्यक्रमका अतिथि एक करोडपति ब्यक्ति थिए । अन्तर्बार्ताको क्रममा प्रस्तोताले अतिथिसँग सोधे– महाशय, तपाइले आफ्नो जिबनमा सबैभन्दा अधिक खुसी कहिले महसुस गर्नु भयो ?

करोडपति ब्यक्तिले जबाफ दिएः

म आफ्नो जिबनमा खुसीका चार चरण भएर गुज्रिएको छु ! र, चौथो चरणमा मात्र मैले असली खुसीको अर्थ बुझे !

पहिलो चरणमा मैले धन एवम् साधनहरू जम्मा गर्न कोसिस गरे ! तर मलाई यसबाट त्यो खुसी मिलेन जो मैले चाहन्थे !

दोस्रो चरणमा मैले बहुमूल्य सामान एवम् बस्तुहरू जम्मा गर्न थाले ! तर सामानहरूको असर समयको साथ कम हुँदै गयो ! सामानहरूको चमक पनि धेरै बेर टिकेन ! यसबाट पनि मैले चाहेको खुसी पाउन सकिन !

तेस्रो चरणमा मैले ठूला–ठूला प्रोजेक्टहरू लिन थाले ! जस्तो फुटबल टिम खरिद, टुरिष्ट रिसोर्ट खरिद आदि ! तर यहाँ पनि मैले कल्पना गरे अनुसार खुसी पाउन सकिन !

एक दिन मेरा एक जना मित्रले केही अपांग बालबालिकाहरूको लागि केही व्हीलचेयरहरू खरीद गरि दिन अनुरोध गरे ! मित्रको अनुरोधलाई मैले तुरुन्त स्विकारे र उनीहरूको लागि व्हीलचियरहरू खरिद गरि दिए !

तर, मेरो मित्रले मलाई आफै उपस्थित भएर ती अपांग बालबालिकाहरूलाई ह्विलचियरहरू बितरण गरि दिन जोड दिएर अनुरोध गरे ! म तयार भएर उनको साथ कार्यक्रममा लागे !

त्यहाँ मैले यी बालबालिकाहरूलाई आफ्नै हातले ह्विलचियरहरू बितरण गरे ! ह्विलचियर पाए पछि मैले बालबालिकाहरूको अनुहारमा खुसीको अनौठो चमक देखे ! बालबालिकाहरू उन्मुक्त भएर ह्विलचियरमा यता उता घुम्दै मस्ती गरिरहेका थिए ! उनीहरू कुनै पिकनिक स्पोर्ट्मा रमाइरहेको झैं देखिन्थे !

जब म त्यहाँबाट निस्कन लागेको थिए ! बालबालिकाहरू मध्ये एक जना बालिकाले मेरो खुट्टा समातिन, मैले आफ्नो खुट्टा बिस्तारै(बिस्तारै छुटाउन खोजे ! तर बालिकाले एकहोरो मेरो अनुहार हेरिरहेकी थिइन र मेरो खुट्टा जोडले समाति रहेकि थिइन !

मेलै झुकेर बालिकालाई सोधे– नानु, तिमीलाई अरू केही चाहिन्छ ?

मेरो प्रश्न सुनेर ती बालिकाले जुन जबाफ दिइन त्यसले मलाई न केवल मैले खोजेको चौथो चरणको अत्याधिक खुसी दियो बरु मेरो पुरै जिन्दगी नै बदली दियो !

बालिकाले जबाफ दिइन– सर, म तपाइको अनुहारको तस्विर मेरो आत्मामा छाप्न चाहन्छु ताकि जब स्वर्गमा मेरो तपाइसँग भेट हुन्छ तब म तपाइलाई तुरुन्त चिन्न सकूँ र फ़ेरि एकपल्ट भगवानको सामुन्य नै तपाइलाई मुरी–मुरी धन्यबाद दिन सकूँ !!
आराध्य देव श्रीपशुपतिनाथले सबैको कल्याण गरून् !
जय जननी जय नेपाल !!