सामाजिक सञ्जाल

धनराजको आक्रोशः भारतको बिरोधको बिज्ञप्तिमा सरकारको हस्ताक्षर ख्वै ? लेण्डुप पथ यहीँ त होइन ?

२९ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले भारतले नेपाली भुमिमा बनाएको सडकको विरोधमा सरकारद्वारा जारी विज्ञप्तिलाई लिएर कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले भारतको बिरोधको बिज्ञप्तिमा सरकारको हस्ताक्षर ख्वै ? लेण्डुप पथ यहीँ त होइन ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आक्रोयुक्त प्रश्न समेत गरेका छन् ।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेपछि परराष्टमन्त्रालयले विज्ञप्ति जारी गरेको थियो जुन विज्ञप्तिमा हस्ताक्षर र मिति नै उल्लेख थिएन ।

सोहि विषयलाई लिएर नेता गुरुङ आक्रोसित भएका हुन् । साथै नेता गुरुङले ६ महिना पहिले भारतले एक पक्षीय राजनीतिक नक्शा सार्बजनिक गर्दा पनि यस्तै विज्ञप्ति जारी गरेर सरकार सुतेको हैन भन्दै प्रश्न गरेका छन् ।

उनको ट्वीटःसम्माननीय @PM_Nepal ज्यु ! परराष्ट्र मन्त्रालयले आपत्ति जनाउन विज्ञप्ति जारी गर्ने तर मन्त्रालयको कुनै अधिकारीले हस्ताक्षर नगर्ने ? मिति समेत नलेख्ने ? ६ महिना पहिले भारतले एक पक्षीय राजनीतिक नक्शा सार्बजनिक गर्दा पनि यस्तै विज्ञप्ति जारी गरेर सरकार सुतेको हैन ? लेन्डुप पथ यहि त हैन ?