समाचार

कपिलवस्तुमा एकै दिन १० जनामा कोरोना संक्रमणः संक्रमीतको संख्या १ सय २० पुग्यो

२९ बैशाख काठमाडौं । नेपालमा आज एकै दिन १० जनामा फेरी कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर ५ को कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं.५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।  यस्तै ३१ जना संक्रमीत निको भएर घर फर्किएका छन् ।