अन्तर्राष्ट्रिय

कोरोना कहरः अमेरिका पछि दोस्रोमा बेलायत, ३१ हजार वढीले गुमाए ज्यान

२९ बैशाख काठमाडौं । अमेरिका पछि दोस्रोमा बेलायत कोरोनाको चपेटामा परेको छ । त्यहाँ आजसम्म मृत्यु हुनेको संख्या ३१ हजार नाघिसकेको छ । वल्र्ड मिटरका अनुसार बेलायतमा आजसम्म ३१ हजार ८ सय ५५ को मृत्यु भईसकेको छ ।

भने २ लाख १९ हजार १ सय ८३ संक्रमीत छन् । भने १ हजार ५ सय ५९ को अवस्था गम्भिर छ । बेलायतमा कोरोको गति तिब्र छ ।

दिन-प्रतिदिन कोरोनाले ग्रसित भईरहेको बेलायतमा प्रधानमन्त्री बोसिर जोनसनले भने बुधबारदेखी मुलुकमा जारी लकडाउनलाई केहि खुकुलो पार्ने घोषणा गरेका छन् ।

यस्तै बिश्वमा सबैभन्दा धेरै ज्यान गुमाउने देश अमेरिका हो । अमेकिामा आजसम्म ८० हजार वढीको मृत्यु भएको छ । भने संक्रमीतको संख्या १३ लाख ६७ हजार नाघेको छ । भने २ लाख ५६ हजार भन्दा धेरै निको भएका छन् ।

र कोरोनाको मारमा परेको तेस्रो देशको नाम आउँछ ईटली । त्यहाँ पनि संक्रमीत र मृत्यु हुनेको संख्या अमेरिका, बेलायत पछि रहेको छ । ईटलिमा ३० हजार वढीको मृत्यु भएको छ भने २ लाख १९ हजार वढी संक्रमीत छन् । यस्तै १ लाख ५ हजार वढी निको भएका छन् ।