अन्तर्राष्ट्रिय

कोरोना विश्वभरः झण्डै १५ लाख निको,संक्रमीतको संख्या ४१ लाख नाघ्यो/२ लाख ८३ हजार धेरैको मृत्यु

२९ बैशाख काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख नाघेको छ । वल्र्ड मिटरले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल ४१ लाख ७९ हजार ८ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ ।

त्यहाँ १३ लाख ६७ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, स्पेनमा २ लाख ६४ हजार ६ सय ६३, बेलायतमा २ लाख १९ हजार १ सय ८३ , इटालीमा २ लाख १९ हजार ७०, रुसमा २ लाख ९ हजार ६ सय ८८, फ्रान्समा १ लाख ७६ हजार ९ सय ७०, जर्मनीमा १ लाख ७१ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

विश्वभर २ लाख ८३ हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ ७० हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । बेलायतमा ३१ हजार ८ सय ५५, इटालीमा ३० हजार ५ सय ६०, स्पेनमा २६ हजार ६ सय २१, फ्रान्समा २६ हजार ३ सय ८३, ब्राजिलमा ११ हजार १ सय २३, बेल्जियममा ८ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर १४ लाख ९० हजार ५ सय ११ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ । त्यहाँ २ लाख ५६ हजार ३ सय ३६ संक्रमणमुक्त भएका छन् । स्पेनमा १ लाख ७६ हजार ४ सय ३९, इटालीमा १ लाख ५ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा पनि १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३१ जना संक्रमणमुक्त भइसकेका छन् ।