मनोरञ्जन

गफ गर्ने/काम गर्ने पार्टी चिनौं, राष्ट्रियताको बिषयमा कस्ले बोल्छ/कसले गर्छः रेखा थापा

२८ बैसाख, काठमाडौं । बरिष्ठ अभिनेत्री रेखा थापाले राष्ट्रियता कसैलाई सरकारमा पुर्याउने भर्याङ् नभएको बताएकी छन् । उनले राष्ट्रियता कसैको राजनीतिको भजन पनि नभएके बताउँदै यस्तो बेला लिने अडानले देखाउछ क–कस्को दावी खोक्रो छ ? कस्को अडान देसभक्तीले भरिएको छ ? पत्ता लाग्छ भनेकी छन् ।

उनले जुनसुकै मुल्यमा आफ्नो देशको सिमा रक्षा गर्नु हाम्रो पुस्ताको दायित्व हो भन्दै राष्ट्रभक्तको उत्कृष्ट बचन दिएकी छन् । अभिनेत्री थापाले ट्वीट गर्दै राजनीतिक दलहरुले अहिले मुलुक जोगाउन लाग्नुपर्ने समय आएको संकेत गर्दै राष्ट्रियताको सवालमा आफ्नो पुस्ताको दायीत्व पनि आफूले नभूल्ने दाबी गरेकी छन् । भारतीय पक्षले लिपुलेकमा बाटो उद्घाटन गरेको बिषयलाई अभिनेत्री थापाले संकेत गर्दै उक्त राष्ट्रियताको कुरा गरेको देखिन्छ । 

अभिनेत्री थापाकै शब्दमाः जुनसुकै मुल्यमा आफ्नो देशको सिमा रक्षा गर्नु हाम्रो पुस्ताको दायित्व हो । राष्ट्रियता कसैलाई सरकारमा पुर्याउने भर्याङ् होइन, कसैको राजनीतिको भजन होइन । यस्तो बेला लिने अडानले देखाउछ क–कस्को दावी खोक्रो छ ? कस्को अडान देसभक्तीले भरिएको छ ?