प्रवास

युरोपका नेपाली पत्रकारलाई फिचर तालीम

भगवान् गिरी, २८ बैसाख, लिस्बन ।नेपाल पत्रकार महासंघ पोर्चुगल र बेल्जियम शाखाको आयोजनामा युरोपमा रहेका नेपाली पत्रकारका लागि एकदिने ‘फिचर लेखन तालीम’ डिजिटल माध्यमद्वारा शनिबार सम्पन्न भएको छ ।

पत्रकार तीर्थ कोइरालाले पत्रकारिता गर्दा भाषामा शुद्धता, लेखाइमा प्रष्टता र प्रस्तुतिमा निष्पक्षता हुनुपर्नेमा जोड दिए भने बबिता बस्नेतले प्रवासमा नेपालीले भोगेको पीडा फिचरमा समेट्न आग्रह गरे । नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष दिलीप थापा मगरले तालीम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

फिचर लेखनका लागि विषयवस्तुको छनोट, आकर्षक प्रस्तुति, आमसरोकारका कुरा र बनोटका विषयमा जानकारी दिइएको सो तालीममा पोर्चुगल, बेल्जियम, स्पेन, जर्मनी, फ्रान्स, साइप्रस, नेदरल्यान्डस, डेनमार्क र नेपालका २४ जनाको सहभागिता थियो ।