सामाजिक सञ्जाल

गुरुङ आक्रोशितः स–साना कुरामा मोदीसंग कुरा गर्ने ओली, भूमि मिचिँदा किन मौन, थाक्या हो?

२६ बैसिाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले प्रधानमन्त्रीले झिना मसिना कुरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने गरेको भन्दै सीमा जस्तो राष्ट्रियताको सवालको गम्भीर बिषयमा किन कुटनीतिक पहल नचालेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग आक्रोस पोखेका छन् ।

नेता गुरुङले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भन्दै भारतले नेपालको भुमी लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उदघाटन गरेको समाचार के हो ? भन्दै प्रधानमन्त्री ओलीसँग गम्भीर प्रश्नसहित आक्रोशित भएका छन् ।

नेता गुरुङको ट्वीटः
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो। भारतले नेपालको भुमी लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उदघाटन गरेको समाचार के हो @PM_Nepal ज्यु? कुटनीतिक पहल खै? झिनामसिना कुरामा भारतीय प्र.म.मोदीसँग फोन वार्ता हन्छ भने राष्ट्रीयता जस्तो गम्भीर विषयमा फोन गर्न सकिंदैन? कि थाक्नु भयो!