पु.समाचार

काँग्रेस नेता खड्काले राहत बापत गृह जिल्लामा दिए १६ सय किलोको चामल

२६ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पूर्ब मन्त्री डा नारायण खड्काले सहयोग गरेको १६ सय केजी जामल आज त्रियुगा नगरपालीका लगायतले बितरण गरेका छन् ।

कोरोना सक्रमणको उच्च जोखिम रहेको उदयपुरको भूल्के क्षेत्रमा जनताको घरमा गई डा खड्काले समस्याहरु बुझि प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग समन्वय गरी परीक्षणको दायरा समेत बढाएको उनको सचिवालयले जनाएको छ ।

बाढीपहिरोपीडितलाई राहत बितरण गरेर उदयपुरो जनताको स्याबासी पाएका नेता खड्काले बिश्वमा नै माहामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमणका कारण समस्यामा परेको गृहजिल्लाका जनतालाई राम्रोसँग गुण लगाएको स्थानीयले बताएका छन् । डा खड्काले एकपटक ६०० किलो र अर्कोपटक १००० किलो चामल राहत सहयोग गरेका थिए ।

राहतमा दिएको चामल त्रीयुगा नगरपालिका उप-प्रमुख देबि चौधरी, वडा नं १० का वडा अध्यक्ष प्रकाश खड्का, वडा नं १२ का वडा सभापति चुडा काफ्ले लगायतले बितरण गरेको डा खड्काको सचिवालयले जानकारी दिएको छ ।

स्थानीयलाई चामल पबितरण गर्दै
डा. खड्का उदयपुरमा कोरोना प्रभावित भुल्के क्षेत्रका नागरिकको समस्या बुझ्दै/ सचिवालय