सामाजिक सञ्जाल

लिपुलेक नेपालको भूभाग हो, भारतलाई किन बाटो बनाउन दिएको सरकारले स्पष्ट गर्नुपर्योः काँग्रेस

२६ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले लिपुलेक नेपालको भूमि भएको बताएका छन् । उनले चीनको मान सरोवर जोड्न लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा माग गरेका छन् । उनले सरकारले लिपुलेकमा बाटो बनाउन गरेको भारतको कदमबारे नेकपा नेतृतवको सरकारको स्पष्ट धारणा माग गरेका छन् ।

प्रवक्ता शर्माले नेपाली भु-भागहरु बारे उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराएका छन् ।

नेता शर्माको ट्वीटः लिपुलेक–नेपालको)–भुमि)हो, हामी प्रष्ट छौं । चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा चाहन्छौं !
नेपाली भुभागहरु बारे उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराउंदछौं !