राजनीति

नेपालको भूमि लिपुलेकमा बाटो बनाएको भन्दै अध्यक्ष थापाले गरे भारतको बिरोध

२६ बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले लिपुलेक नेपालको भएको बताएका छन् ।

उनले नेपालको भूमिमा रहेका भारतीय सेना फिर्ता हुनुको सट्टा उल्टै लिपुलेकसम्म बाटो बनाई यातायातको बाटो बनाएकोमा भारत सरकारको बिरोध जनाएका छन् ।

अध्यक्ष थापाले भारतले गरेको उक्त गलत कृयाकलापमा नेपाल सरकारको उदासिनता खेदजनक जनाउँदै अविलम्ब आबश्यक कदम चाल्न माग गरेका छन् ।

उनको ट्वीटः लिम्पियाधुरा/लिपुलेक नेपाली भुमी हो। त्यहॉ रहेका भारतीय सेना फिर्तागर्नुको सट्टा लिपुलेकसम्म बाटोबनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ। भारत सरकारको यस कार्यको भत्सर्ना गर्दछु। यसवारे नेपाल सरकारको उदासिनता खेदजनक छ। यसवारे अविलम्ब आबश्यक कदम चाल्न सरकारसंग माग गर्दछु