पु.समाचार

नेता जोशीले दिए संक्रमणबाट मुलुक बचाउने तत्कालीन/मध्यकालीन/दीर्घकालीन यस्ता उपाय

२६ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गणेशमान सिंह प्रतिष्ठानका अध्यक्ष नबिन्द्रराज जोशीले कोरोना संक्रमणको कारण मुलुकमा भएको समयमा राहत प्याकेज ल्याउन आग्रह गरेका छन् । नेता जोशीले भ्रष्टाचारका कारण मुलुक आक्रान्त भएकाले समस्या छ, संसारका देशले घरमा नै आर्थिक सहयोग पुर्याउने, ऋण मिनाहा गर्ने काम गरेका छन् ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा कुनै पहल गर्न सकेन । राष्ट्र निर्माणमा नागरिक नै अन्तिम निर्णयक भएको कुरा अहिले पनि सही हो । गणेशमान सिंह अध्ययन प्रपितष्ठानको अध्ययनको नतिजा दिँदै तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपायहरु उनले दिएका छन्। राहत तथा आर्थिक प्याकेजहरु प्रश्तुत गरेका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेता जोशीकै संयोजकत्वमा बिज्ञहरुसहित गठन गरेको समितिबाट लामो अध्ययनबाट निकालिएको निष्कर्षपछि नेता जोशीको काठमाडौंको पुरानो बानेश्वरस्थीत एक कलेजमा उक्त अध्ययन प्रतिबेदनलाई पत्रकार सम्मेलन गर्दै सार्बजनिक गरेका छन् ।

डा गोन्दि पोख्रेल, उर्जाबिज्ञ अरबिन्द मिश्र, स्वर्णीम वाग्लेसहित रहेको उक्त प्रतिबेदनमा अर्थतन्त्रलाई नयाँ ढंगले आर्थिक उन्नती गर्न ३२ वटा पहलको उपाय छन् । १०० दिनको ज्यालामा काम लगाउनेगरी बिगतमा भएको आलोचनालाई हटाउनेगरी सर्बदलीय संयन्त्र बनाएर प्रधानमन्त्री राहत कोष परिचालन गर्न सल्लाह दिएका छन् । यसबाट ४ लाखलाई रोजगार दिन सकिने, बाहिर बाट फर्किनेबाट शीप लिन सकिने लगायतका योजना छन् । परम्परागत कृषिलाई एग्रो फरेष्ट्री लगायतमा ध्यान दिने सल्लाह छ । प्रतिबेदनले पाउनुपर्नेले पाउने तर नपाउनुपर्नेले पाउने जस्ता अनियमीतता भएको भनेका छन् ।

रोजागरी श्रृजना, पुजी निर्माण, राष्ट्रिय गौरबका आयोजना, आदिमा ध्यान दिन जरुरी भएको बनाएका छन् । यसका लागि पहिलो खम्बमा २१ अर्ब चाहिने भन्दै दोस्रो स्वास्थ्यमा ५२ अर्ब खर्ब भएको कुरामा यसको प्रणालीमा राम्रो नभएको, यसका लागि ३ बर्षमा सक्नेगरी १४ अर्ब थप्ने सातै प्रदेशमा प्रभावकारी बनाउने बताईएको छ । शिक्षामा ६५ अर्बको बजेटलाई प्राय तलवमात्र खुवाउने काम मात्र भएको भन्दै त्यसलाई प्रभावकारी ढंगले खर्च गर्नुपर्ने बताएका छन् । यस लगायतका उपायहरुसहित नेता जोशीको टिमले सल्लाह दिएको छ । डिजिटल प्रबिधिलाई प्रमुखता दिँदै १२ १३ वटा कुराहरुलाई प्राथमिकता दिएका छन् । १ सय ८० देखी २ सय अर्ब सम्म कोरोनाका कारण बजेट थप्नुपर्ने बिचार उक्त प्रतिबेदनले दिएको छ ।  प्रतिबेदनमा कम्तीमा ३ लाख ५० हजार पिसिआर टेष्ट गरेमात्र कोरोना सँकमण नियन्त्रण गर्न सकिने भनेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका बिषयमा सल्लाह दिएका छन् । रोजगारी गुमाएका मानिसलाई राहत दिनुपर्ने सल्लाह दिएका छन् । 

केहीदिनपनि उक्त टिमले तयार गरेको प्रतिबेदन प्रधानमन्त्ती तथा प्रमुख प्रतिपक्षी दलका नेतालाई बुझाउने कार्यक्रम रहेको बताएका छन् ।