मनोरञ्जन

अबुनले ल्याइन अनपल्ग्ड भर्सनको ‘महसुस’ (भिडियो सहित)

२६ बैशाख काठमाडौं । लकडाउनको समयलाई सदुपयोग गर्दै गायिका अबुन पाण्डेले आफ्नो नयाँ सिर्जना ‘महसुस’ सार्वजनिक गरेकी छिन ।

अनपल्ग्ड भर्सनको ‘महसुस’मा गायिका पाण्डेको मनछुने मेलोडियस स्वर सुन्न सकिन्छ । हाल अस्ट्रेलियामा रहेकी गायिका पाण्डेले अस्ट्रेलिया र नेपालमा रहेका संगीतकर्मी संगको सहकार्यमा छोटो समयमा नै तयार गरेर यो गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा स्वर र शब्द गायिका अबुन पाण्डेको रहेको छ भने संगीत टिका दाहालको रहेको छ । गीतको संगीत संयोजन राहुल प्रधानले गरेका हुन् ।

गायिका पाण्डेलाई पोट्रेट गरेर निर्माण गरिएको म्युजिक भिडियोलाई आशुतोष बोबी थापाले छायांकन गरेका हुन् । राजेश शाहको निर्देशनमा भिडियो तयार पारिएको हो ।

स्वयम् गायिका पाण्डेको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायिका पाण्डेले आग्रह गरेकी छिन । यसघि गायिका पाण्डेले ुनाचन ठुली’ , ‘स्यांग्जा गए पाल्पा गए’ , ‘यो केटा त’ लगायतका दर्जनौ चर्चित गीतहरु सार्वजनिक गरिसकेकी छिन् ।

गितको भिडियोः