पु.समाचार

डा संग्रौलाको आक्रोसः बन्द मात्रै गरेर सरकारको आफ्नो कर्तव्य पुरा भयो त ?

२६ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले मुलुकमा सरकारले लकडाउनलाई मात्रै लम्ब्याएर कोरोना नियन्त्रणमा आफ्नो कर्तव्य पुरा गरेको छ त भन्दै आक्रोस व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ संग्रौलाले मुलुक अहिले लामो लकडाउनको अवस्था रहेको तर कोरोना जाच्ने गर्ने बिधि कछुवाको चालमा रहेको र सरकारले पिसिआर परिक्षण को दायरा बडाउन नसकिरहेको अवस्थामा सरकारले लकडाउन मात्रै लम्ब्याउनु सहि नहुने बताईन।

यस्तै उनले परिक्षण केन्द्र मा आबस्यक स्वस्थ्य सामाग्री को अभाव भैसकेक्दा सरकारको ध्यान नगएकोमा दुःख व्यक्त गरेकी छिन् । नेतृ संग्रौलाले बिभिन्न सामाजिक अभियन्ताहरुले संकलन गरि सरकारी राहात कोषमा जम्मा गरिदिएको रकमबाट पाँच दश केजी चामल बाँड्दै मा श्रमिक एबम मजदुरको भोको पेट भरिदैन भन्दै यस बारे सरकारको ध्यान नै नगएको बताईन ।

नेतृ संग्रौलाले बिदेशमा कयौं नेपालीहरु अलपत्र परेको अवस्थामा स्वदेश फर्काउन बारे सरकारले केहि गर्न नसकीे मौन देखिएको भन्दै आफ्नो आन्तरिक खिचातानीमा सरकार अल्मलिन र अनावश्यक सुबिधाका साधन खरिद गर्न मै ब्यस्त देखिएको बताईन् ।

उनले किसानले उत्पादन गरेका बस्तुहरू मुल्य लिएर बेच्न पाएका नपाएको र उनिहरु ले कौडी को मुल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने अवस्था एकातिर हुँदा अर्को तिर बाहिर बाट आयातित बिषाधी तरकारी चर्को मुल्य तिरेर उपझोक्ताहरु मारमा परेको बताईन । साना तथा मध्यम वर्गीय ब्यवसायी हरुलाई बैंक व्याज, पसल, गोदाम भाडा, गाडी को किस्ता, स्टाफहरु को खर्च धान्न सक्ने अवस्था नभएको बताउँदै नेतृ संग्रौलाले सरकारले राहतको मुर्तरुपमा कुनै योजना ल्याएको देखिन्न सबै निरास छन भनिन् ।

उनको स्टाटस्ः मुलुक अहिले लामो लकडाउन को अवस्था मा छ तर कोभिड चेक गर्ने बिधि कछुवाको चालमा छ। सरकारले पिसिआर परिक्षण को दायरा बडाउन सकिरहेको छैन परिक्षण केन्द्र मा आबस्यक स्वस्थ्य सामाग्री को अभाव भैसकेको छ । बिभिन्न सामाजिक अभियन्ताहरु ले संकलन गरि सरकारी राहात कोषमा जम्मा गरिदिएको रकमबाट पाँच दश केजी चामल बाँड्दै मा श्रमिक एबम मजदुर को भोको पेट भरिदैन । यस बारे सरकार को ध्यान गएकै छैन । बिदेश मा हाम्रा नेपाली दाजुभाइ दिदिबहिनी हरु अलपत्र छन, उनीहरु लाई स्वदेश फर्काउन बारे मा पनि सरकार मौन देखिन्छ केहि गरिरहेको छैन बरु उ आफ्नो आन्तरिक खिचातानी अल्मलिन र अनावश्यक सुबिधाका साधन खरिद गर्न मै ब्यस्त देखिन्छ।

सर्बसाधारण नागरिक, किसान र साना तथा मध्यम वर्गीय ब्यवसायी हरुलाई यो बन्दले जनजीवन चलाउन निक्कै कठिन बनाउँदै लगेको छ। किसानले उत्पादन गरेका बस्तुहरू मुल्य लिएर बेच्न पाएका छैनन उनिहरु ले कौडी को मुल्यमा आफ्नो उत्पादन बेच्नुपर्ने अवस्था एकातिर छ भने अर्को तिर बाहिर बाट आयातित बिषाधी तरकारी चर्को मुल्य तिरेर हामी ले किन्नु परेको छ। साना तथा मध्यम वर्गीय ब्यवसायी हरुलाई बैंक व्याज, पसल, गोदाम भाडा, गाडी को किस्ता, स्टाफहरु को खर्च धान्न सक्ने अवस्था मा छैनन । सरकारले राहतको मुर्तरुपमा कुनै योजना ल्याएको देखिन्न सबै निरास छन । के सरकारले बन्द मात्र गरेर प्रशासन सडकमा उभियाउदा आफ्नो सबै कर्तव्य पुरा भयो त ?