पु.समाचार

नेकपाको समग्र नेतृत्व-पंक्ति राज्य सञ्चालनको न्युनतम् क्षमता नभएको पुष्टिः प्रवक्ता आचार्य

२६ बैशाख काठमाडौं । साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले नेकपाको समग्र नेतृत्व पंक्तिमा राज्य सञ्चालनको न्युनतम क्षमता नभएको पुष्टि भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत प्रवक्ता आचार्यले यो संकटको बेलाको अहिलेको लेन्सले नेकपा भित्रको राजनीति कुन हद सम्मको बिद्रुप र लम्पट छ भन्ने कुरा प्रष्टसँग देखाइ दिएको ताएका छन् ।

उनले यस्तो भनेका छन्ः समय बलवान छ, बेलैमा सबैको चेत खुलोस् ।

उनको ट्वीटः संकटको बेलाको अहिलेको लेन्स ले नेकपा भित्रको राजनीति कुन हद सम्मको बिद्रुपरलम्पट छ भन्ने कुरा प्रष्टसँग देखाइ दिएको छ । नेकपाको समग्र नेतृत्व पंक्तिमा लोकतान्त्रिक व्यवस्था अन्तरगत राज्य सञ्चालनको न्युनतम क्षमता नभएको तथ्य प्रकट हुँदैछ । समय बलवान छ । बेलैमा सबैको चेत खुलोस् ।