पु.समाचार

गुरुङको मागः साँसदको कोरोना टेष्टको नाटक बन्द गर, उच्च जोखिम क्षेत्रमा पुर्याउ

२६ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले कोरोनाको अत्याधिक जोखिममा रहेका उदयपुर, बिरगन्ज, नेपालगन्ज लगायतका क्षेत्रहरुमा पिसिआर किट्स तुरुन्त पु–याउन सरकारलाई आग्रह गरेका छन् ।

उनले ट्वीट गर्दै कोरोना संक्रमणको जोखिमबाट आएका साँसदहरुको बाहेक अन्य साँसदहरुको स्वाब टेष्टको नाटक बन्द गर्न माग गर्दै तत्काल उच्च जोखिम श्रेत्रमा परीक्षण तर्फ धयान दिन आग्रह गरेका हुन् ।

नेता गुरुङको ट्वीटः कोरोनाको अत्याधिक जोखिममा रहेका उदयपुर, बिरगन्ज, नेपालगन्ज लगायतका क्षेत्रहरुमा पिसिआर किट्स तुरुन्त पु–याऊ ! जोखिम क्षेत्रबाट आएका माननीयहरुको बाहेक अन्य माननीयहरुको स्वाब टेष्ट नाटक बन्द गर ! @hello_sarkar @NepalParliament