सामाजिक सञ्जाल

संग्रौलाको ब्यंग्यः वुद्धका उपदेश भन्दा ओलीका उपदेशबाट असल मान्छे बन्न सकिन्छ

२६ बैशाख काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले वुद्धका उपदेश भन्दा ओलीका उपदेशबाट असल मान्छे बन्न सकिन्छ भन्दै व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले खड्गप्रसाद ओलीका उपदेशबाट सिकेर असल मानिस बन भन्नुपर्नेमा बुध्दका उपदेशबाट भन्दै बासी टेपको रट लगाइरहेका छन् त्यो लाजमर्नु हो भनेका छन् ।

उनले अगाडी भनेका छन्ः नेकपा डबलको दुई तिहाईको सर्वहारावादी, जनकल्याणवादी, सुख वितरणवादी सरकारको सुशासनको अमनचैन र आनन्दको प्रेरणाले यस मुलुकका कृतघ्न जनले केही सिकेन छन् ।

उनको ट्वीटः नेकपा डबलको दुई तिहाईको सर्वहारावादी,जनकल्याणवादी,सुख वितरणवादी सरकारको सुशासनको अमनचैन र आनन्दको प्रेरणाले यस मुलुकका कृतघ्न जनले केही सिकेनछन् । खड्गप्रसाद ओलीका उपदेशबाट सिकेर असल मानिस बन भन्नुपर्नेमा बुध्दका उपदेशबाट भन्दै बासी टेपको रट लगाइरहेका छन् । लाजमर्नु !