राजनीति

धनराजको प्रश्नः लकडाउन अबधिभर घरमै बसेका साँसदको स्वाब टेष्ट किन ?

२५ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले संसद अधिवेशनको अगाबै साँसदहरुले आज गरेको कोरोना संक्रमणको स्वाव टेष्टको बिषयमा प्रतिकृया दिएका छन् ।

नेता गुरुङले पिसीआर किट्स अभावका कारण स्वाब टेष्ट हुन नसकेर क्वारेनटाईन अबधि पुरा गरेर पनि सर्बसाधरण क्वारेनटाईनमै बस्न बाद्य छन् भने अर्कोतिर लकडाउन अबधिभर घरमै बसेका मा।ज्युहरुको स्वाब टेष्ट? भन्दै प्रश्न गरेका छन् ।

कोरोना जोखिम क्षेत्र वा बिदेशबाट आएका मा.ज्युहरुको स्वाब टेष्ट आबश्यक भएको नेता गुरुङले दाबी गर्दै विवेक हराएकै हो? भनेर आक्रोश पोखेका छन् ।

नेता गुरुङको स्टाटस्ः कोरोना जोखिम क्षेत्र वा बिदेशबाट आएका मा.ज्युहरुको स्वाब टेष्ट आबश्यक छ। तर एकातिर पिसीआर किट्स अभावका कारण स्वाब टेष्ट हुन नसकेर क्वारेनटाईन अबधि पुरा गरेर पनि सर्बसाधरण क्वारेनटाईनमै बस्न बाद्य छन् भने अर्कोतिर लकडाउन अबधिभर घरमै बसेका मा.ज्युहरुको स्वाब टेष्ट? विवेक हराएकै हो?