समाचार

नेता बाँस्कोटाको प्रचण्डलाईनलाई ब्यंग्यः सुपरमार्केटमा चित्त नबुझे नाङ्लो पसल थाप्ने हो ?

२५ बैसाख, काठमाडौं । नेकपा नेता तथा निबर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नेकपालाई सुपरमार्केटको संज्ञा दिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दहाल पक्षलाई संकेत गर्दै सुपरमार्केटमा चित्त नबुझे नाङलेपसल थाप्ने हो ? भनेर प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी चलाउन नसकेको भनेर आएका पछिल्ला अभिब्यक्तीतर्फ संकेत गर्दै अध्यक्ष ओलीले पार्टी चलाउन सकेनन रे। तथ्य छोप्ने, अचाक्ली हेप्नी ! भनेर पुरानै भाषाका प्रश्न गरेका छन् ।
नेता बाँस्कोटाले देब्रे र दाहिने खल्तीमा कैची र तीर सलाईको बट्टा अनि गाडीमा दुइटा टायर राखेर, हात गलुञ्जेल टिका नलगाईकन झ्याम्मै अरुदलको खालै उठाइदिने स्टायलमा पार्टी कस्ले बनाइदियो ? भन्दै पार्टी एकीकरण गरेर यहाँसम्म ल्याएको सम्पूर्ण सफलताको नेतृत्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नै गरेको संकेत गरेका छन् । उनले नाङलेपसल थाप्ने भन्दै पार्टी फुटाएर फरक नपर्ने समेत भन्न खोजेको देखिन्छ । उनले प्रचण्डलाईलाई कडा ब्यंग्य गरेका छन् ।

नेता बाँस्कोटाको आफ्नै शब्दमाः अध्यक्ष ओलीले पार्टी चलाउन सकेनन रे। तथ्य छोप्ने, अचाक्ली हेप्नी ! देब्रे र दाहिने खल्तीमा कैची र तीर सलाईको बट्टा अनि गाडीमा दुइटा टायर राखेर, हात गलुञ्जेल टिका नलगाईकन झ्याम्मै अरुदलको खालै उठाइदिने स्टायलमा पार्टी कस्ले बनाइदियो, सुपरमार्केटमा चित्त नबुझे नाङलेपसल थाप्ने हो ?