राजनीति

ओलीले किसुनजी/गणेशमान जस्तै त्याग नगरे नेकपामा फुट/बिसर्जनको खतराः प्रवक्ता श्रेष्ठ

२५ बैसाख, काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा फुटको संघारमा गएको संकेत गरेका छन् । उनले नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै नेपाली काँग्रेसका श्रद्धेय नेता गणेशमा सिँह र कृष्ण प्रसाद भट्टराईलाई सम्झिदै उनीहरुले काँग्रेस बचाउनका लागि पार्टीभित्र ठूलै त्याग गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पनि त्यस्तै प्रकारको त्याग गर्न जरुरी भएको बताएका छन् ।

उनले ट्वीट गर्दै, ‘हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर पार्टी लाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ ।’ भनेका छन् । सचिवालय सदस्य समेत रहेका नेता श्रेष्ठले, ‘नेकपालाई फुट र बिसर्जनको खतरावाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं। आ–आफ्नो ठाँउबाट भुमिका खेलौँ, योगदान गरौं।’ भनेर सार्बजनिक अपील गर्नु नेकपाभित्र गम्भीर फुट भएको देखिएको छ । नेता श्रेष्ठको संकेत नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले काँग्रेस संस्थापक नेता कृष्ण प्रसाद भट्टराई र गणेशमान सिँहले त्याग गरेजस्तै अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने संकेत गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्ः गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्याग सम्म गर्नुभयो। त्यो कदम ठीक थियो कि थिएन, बहस होला। तर पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो। हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर पार्टी लाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ। अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतरावाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं। आ-आफ्नो ठाँउबाट भुमिका खेलौँ, योगदान गरौं। पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन्। नीजि स्वार्थ त्यागौं, यो काम पुरा गरौं।

 

 

समाजबाद लागू नगर्ने हो भने नेकपा मौका नपाएको बेईमान साबित हुन्छः प्रवक्ता श्रेष्ठ