राजनीति

पार्टीको आन्तरिक कलह उत्कर्षमा, नेकपा पार्टी फुट्ला त ?

२५ बैसाख, काठमाडौं । नेकपाका २० जना स्थायी समिति सदस्यहरुको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । नेकपा सचिवालय बैठक बिना निश्कर्ष टुंगिएपछि आज हुने भनेको स्थायी समिति बैठक हुन सकेन । नेकपा नेतृत्वलाई तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाएका २० स्थायइ सदस्यको बैठक बसेपछि प्रधानमन्त्री केपी शर्मा ओली धर्म संकटमा परेका छन् ।

सचिवालय बैठक शुरु हुनु अगाबै बुधबार तयारी नपुगेको भन्दै निस्किएका प्रधानमन्त्री ओली जसैगरी पनि स्थायी समिति, सचिवालय बैठक बोलाउन नपाए हुन्थ्यो भन्ने सोचाईमा छन् । भने अधिकाँस स्थायी समिति सदस्यहरु कुनै हालता पनि स्थायी समिति बैठक बोलाएर प्रधानमन्त्रीलाई सके अध्यक्ष र प्रधानमन्त्री नसके दुई मध्ये एक पद छोडाउने रणनीतिमा छन् । २० गतेको सचिवालय बैठकमा स्थायी समिति बैठकमा स्थायी समिति सदस्य बामदेब गौतमलाई आफ्नो गुटमा ल्याएर अत्माआलोचना गर्दै तत्कालको संकट टारेका प्रधानमन्त्री ओलीको गुटबाट बामदेब पनि बाहिरिएको समाचार आईरहेको छ भने अर्का अध्यक्ष पुष्पकमल दहाल पनि प्रधानमन्त्रीको पछिल्लो गतिबिधिबाट सन्तुष्ट छैनन् ।

सचिवालय बैठकबाट प्रधानमन्त्री बाहिरिएपछि भएको दुई अध्यक्षको भेटमा भनाभन भएको समाचार पनि बाहिरिएको छ । यसैगरी सचिवालयलाई एकलौटी गर्दै प्रधानमन्त्रीले अगाडी बढ्ने हो भने स्थायी समिति सदस्यहरुले अर्का अध्यक्ष दहाल, बरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेर नयाँ राजनीतिक बाटो निकाल्न समेत पछि नपर्ने आजको बैठकपछि स्थायी समिति सदस्य हरिबोल गजुरेलको भनाईबाट स्पष्ट बुझ्न सकिन्छ ।


यति हुँदा हुँदैपनि अध्यक्ष पुष्पकमल दहालले आफू प्रधानमन्त्रीसँग सम्पर्कमा रहेर अर्को सचिवालय बैठक छिटो भन्दा छिटो बोलाउन सल्लाह गरिरहेको बताउँदै प्रधानमन्त्रीको बचाउ गर्दै आएका छन् । उनले केहीदिनमा नै सचिवालय बैठक बस्ने तयारीका लागि अगाडी बढिरहेको जिकिर गरेका छन् । आज नारायणकाजी श्रेष्ठको सार्बजनिक अभिब्यक्तीले पनि पार्टीको सचिवालय बैठकको आन्तरिक कलह र मिल्न गाह्रो हुने अवस्था देखाउँछ । नारायणकाजीले सामाजिक सञ्जालमा समाजबादको उदाहरण दिएर प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै अभिब्यक्तीहरु दिएका छन् ।

बामदेब पनि गुट बनाएर पार्टीलाई समस्यामा पारेको भन्दै आफू पनि गुट बनाउने अभिब्यक्ती दिँदै नेतृत्वसँग असन्तुष्टी पोखिरहेको अवस्था छ । पार्टी पुटको संघारमा आउनु नआउने भन्न नमिल्ने भएपनि नेकपाको बिबाद पछिल्लो समय उत्कर्षमा पुगेको नेकपा नेताहरुको आ–आफ्ना गुटको भेलाबाट स्पष्ट देखिन्छ । माधव नेपाल र झलनाथ खनाल त प्रधानमन्त्री ओलीसँग रुष्ट नै थिए । स्थायी समिति बैठक वा सचिवालय बैठक नै नबोलाई पेल्न खोजेमा भने नेकपा नेताहरुले गम्भीर निर्णय लिने संकेत भने दिईसकेका छन् । के लिन्छन्, पार्टी फुटाउने लिन्छन् वा प्रधानमन्त्रीबाट हटाउने लिन्छन् त्यो भने ठोकुवा गर्न सकिन्न, नेकपाका एक नेताले सुर्यखबरलाई बताए ।