समाचार

आज दिनभर पानी नरोकिने : हावाहुरी सहित चट्याङ पर्ने सम्भावना

२५ बैशाख काठमाडौं । आज बिहानैदेखी काठमाडौं उपत्यका लगाएत देशैभर भर्षा भैरहेको छ । उपत्यका लगाएत देशका सवभन्न स्थानमा मेघगर्ज/ चट्याङ र हावाहुरी सहितको सहितको वर्षा भईरहेको जल तथा मौसम पुर्वानुमान महाशाले जनाएको छ ।

काठमाडौ उपत्यका सहित प्रदेश ३, प्रदेश २, ४ र ५ का धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौं उपत्यकासहित कपिलवस्तु, रुपन्देही, नवरपरासी, चितवन, बारा, पर्सा, मकवानपुर, कास्की, गोरखा, तनहुँ, पाल्पा, अर्घाखाँची, बाग्लुङ, पर्वत, दाङ र गुल्मी लगायत ठाउँमा पानी परिरहेको हो ।

यी क्षेत्रमा पानी पारिरहेको प्रणाली पूर्व सरिरहेकाले अब विस्तारै पश्चिममा पानी पर्न कम हुने मध्य र पूर्वी क्षेत्रमा पानी पर्न थाल्ने मौसमविद् समिर श्रेष्ठले बताएका छन् ।

पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्न थालेको हो । अझै केही दिन देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविदले बताएका छन् ।