सामाजिक सञ्जाल

समाजबाद लागू नगर्ने हो भने नेकपा मौका नपाएको बेईमान साबित हुन्छः प्रवक्ता श्रेष्ठ

२५ बैसाख, काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद सत्ताप्राप्ति वा सत्तासञ्चालनमा सिमित अवधारणा होइन, यो त शोषित–श्रमजीवी वर्ग र अन्ततः सिङ्गै मानवजातीको मुक्तिको परियोजना भएको बताएका छन् ।

नेता श्रेष्ठको संकेत बर्तमान शक्तीसाली सरकार भएको समयमा समाजबाद लागू नगर्ने हो भने नेकपा मौका नपाएको बेईमान साबित हने देखिन्छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीतिर पनि असन्तुष्टी पाखेको देखिन्छ ।

 

उनको ट्वीटः समाजवाद सत्ताप्राप्ति वा सत्तासञ्चालनमा सिमित अवधारणा होइन । यो त शोषित–श्रमजीवी वर्ग र अन्ततः सिङ्गै मानवजातीको मुक्तिको परियोजना हो । सत्ता उक्त उदेश्यका निम्ति साधन र जिम्मेवारी हो । यो सत्यलाई आत्मसात नगर्ने हो भने हामी मौका नपाएर बेईमान नभएका तुच्छ अवसरवादीमा परिणत हुनेछौं । के हुने ?