समाचार

गुरुराजको प्रश्नः राष्ट्र नैं ठप्प पारेर कहिलेसम्म लकडाउन बढाउँदै जाने सरकार ?

२५ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् नेता गुरुराज घिमिरेले राष्ट्रका सम्पूर्ण क्षेत्रलाई नैं ठप्प पारेर यसरी कहिले सम्म बढाउँदै जाने ? सरकारसँग प्रश्न गरेका छन् ।

नेता घिमिरेले भन्छन्, ‘सामाजिक दुरि कायम गरेर गर्न सकिने अत्यावश्यक कृयाकलापका बारेमा किन सोचेन सरकारले? शिक्षा क्षेत्र र बालबालिकाको भविष्य नराम्ररी प्रभावित हुने खतरा बढेर जाँदा पनि सरकार गम्भिर नदेखिनु आश्चर्य लाग्दो देखिन्छ ।’

घिमिरेले प्रश्न थपेका छन्, ‘के देशलाई मध्ययुगीन इतिहास तर्फ फर्काउन खोजेको हो? सचेत जमातको अस्वाभाविक मौनता किन ?’ लकडाउनको आज ४५ दिन हुँदा सम्म सरकारले जनतालाई न राहत प्याकेज ल्याएको छ न कुनै नेपाली हुँ भनेर गर्व महसुस गर्ने योजना ल्याएको छ, त्यसैको असन्तुष्टीस्वरुप नेता घिमिरेकोप्रतिकृया आएके हो ।

उनकै शब्दमाः कोरोना भाइरससँग जोगिने उपाय हो लकडाउन भन्ने कुरामा दुईमत छैन। तर राष्ट्रका सम्पूर्ण क्षेत्रलाई नैं ठप्प पारेर यसरी कहिले सम्म बढाउँदै जाने ? सामाजिक दुरि कायम गरेर गर्न सकिने अत्यावश्यक कृयाकलापका बारेमा किन सोचेन सरकारले? शिक्षा क्षेत्र र बालबालिकाको भविष्य नराम्ररी प्रभावित हुने खतरा बढेर जाँदा पनि सरकार गम्भिर नदेखिनु आश्चर्य लाग्दो देखिन्छ। के देशलाई मध्ययुगीन इतिहास तर्फ फर्काउन खोजेको हो? सचेत जमातको अस्वाभाविक मौनता किन ?